दाङमा आइतबारदेखि लकडाउन  <p>दाङ। दाङमा आइतबारदेखि एकसातासम्म लकडाउन गरिने भएको छ।</p> <p>कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले आइतबार राति १२&nbsp;बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो।</p> <p>केन्द्रका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार यही भदौ २१ गतेसम्म लकडाउन हुनेछ।</p> <p>लकडाउनको समयमा अतिआवश्यकबाहेक अन्य गतिविधि गर्न नपाइने उनले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्