कोभिड-१९ बाट थप १२ जनाको मृत्यु
काठमाडौं। कोभिड–१९ बाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला चारजना र पुरुष आठजनाको मृत्यु भएको हो।

महिलाहरूमा मोरङका ५६, ६५, भक्तपुरकी ६४ र मकवानपुरकी ७१ वर्षीया रहेका छन्।

त्यस्तै कोरोनाबाट मृत्यु हुने पुरुषहरूमा उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय रहेका छन्।

यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्