उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।

“प्रिय मित्र एवम् शुभचिन्तकहरू, आज बिहान गरेको पीसीआर परिक्षणबाट मलाई कोरोना पोजेटिभ देखिएको छ। तर, मलाई अहिलेसम्म कुनै पनि लक्षणहरु देखिएको छैन,” उनले भने।

उनले कोरोना संक्रमण पुष्टि भएपछि डाक्टरहरूको सम्पर्कमा रहेको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन्।

चाैधरी नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्