कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु
चितवन। चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृतक महिला हेटौडा उपमहानगरपालिका-१९ का रहेकी बताइएको छ।

स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा  भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो।

उनको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या ६ पुगेको छ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो। जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक  कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्