विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४६ लाख ५ हजार नाघ्यो

एजेन्सी। विश्वमा दुई करोड ४६ लाख ५ हजार ३०६ जनामा कोरोना भाइरस सङ्क्रमिण पुष्टि भएको छ।

वर्ल्डोमिटरको तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३४ हजार ७७३ जनाको मृत्यु भएको छ।

सङक्रमित मध्ये हालसम्म एक करोड ७० लाख ७६ हजार ५२९ व्यक्ति कोरोना मुक्त भएका छन्।

विश्वभरमा ६६ लाख ९४ हजार ४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ।

संक्रमितमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

नेपालमा पनि यसबाट हालसम्म ३५ हजार ५२९ जना संक्रमित भएका छन् भने १८३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्