भारतमा एकै दिन हालसम्मकै धेरै संक्रमित
काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले भयावह रूप लिँदै गएको छ। अस्तिभन्दा हिजो र हिजो भन्दा आज गरी संक्रमितको संख्या बढ्ने क्रममा छ।

यसैक्रममा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना नयाँ कोरोना संक्रमित थपिएको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ।

बुधबार ७५ हजार ९९५ जनामा कोरोना भाइरस देखिएको थियो भने १ हजार १७ जनाले ज्यान गुमाएका थिए। तर, गत २४ घण्टामा अहिलेसम्म कै सर्वाधिक धेरै जनामा संक्रमण देखिनुका साथै १ हजार ६५ जनाको मृत्यु भएको छ।

हालसम्म भारतमा कूल ३३ लाख ८४ हजार ५७५ जना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ६९४ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै २५ लाख ८३ हजार ६३ जना कोरोनालाई पूर्ण रूपमा पराजित गरेर निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्