मेक्सिकोमा कोभिड-१९ बाट ६२ हजारभन्दा बढीको मृत्यु <p>एजेन्सी। मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ। गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ। यससँगै त्यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो।&nbsp;</p> <p>त्यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो।</p> <p>रासस/एएनआई</p>
प्रतिक्रिया दिनुहोस्