विश्वभर थपिए कोरोना भाइरसका २ लाख ६२ हजार ६७५ नयाँ संक्रमित
काठमाडौं। विश्वभर गत २४ घण्टामा कोरोना भाइरसका २ लाख ६२ हजार ६७५ नयाँ संक्रमित थपिएका छन्।

जसमध्ये सबैभन्दा धेरै भारतमा ७६ हजार ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ।

त्यस्तै अमेरिकामा ४५ हजार ६९९, ब्राजिलमा ४२ हजार ४८९ र अर्जेन्टिनामा १० हजार १०४ जना संक्रमित थपिएका छन्।

हालसम्म विश्वकै सबैभन्दा धेरै अमेरिकामा ६० लाख ४६ हजार ६४ जनामा संक्रमण देखिएको छ। त्यस्तै ब्राजिलमा ३७ लाख ६४ हजार ४९३ र भारतमा ३३ लाख ८४ हजार ५७५ जनामा कोरोना भाइरस देखिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ६० जनाको मृत्यु भएको छ। जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ हजार १२५, भारतमा १ हजार ६५ र ब्राजिलमा ९७० जना छन्।

योसँगै विश्वभर २ करोड ४६ लाख ५ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हालसम्म ८ लाख ३४ हजार ७७२ जनाले न्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्