काठमाडौं। लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्केसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो। जसका कारण लकडाउन अन्त्य भएको करिब १ महिना पुग्नै लाग्दा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासनले भदौ ३ गते रातिदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरे।
यो बीचमा सङ्क्रमण घट्नुको साटो उल्टै बढेपछि निषेधाज्ञा लम्ब्याएर भदौ १७ गते रातिसम्म पुर्याइएको छ। अहिलेको सङ्क्रमणको अवस्था हेर्दा निषेधाज्ञा थप हुन सक्ने सम्भावना प्रशस्तै छ। आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पनि आउँदा दिनमा सङ्क्रमण बढ्ने देखिएको भन्दै थप चुनौती सामनाका लागि तयार रहन सचेत गराइसकेका छन्।
बाक्लिएको आवतजावत, भीडभाडपूर्ण दैनिक व्यवहारले कोरोनाको प्रसारमा मद्दत पुर्याएको ठहर्याउँदै त्यसलाई रोक्न भनेर नै गरिएको हो, निषेधाज्ञा। तर निषेधाज्ञा लगाउँदैमा मात्र कोरोनाको विस्तार कहाँ रोकिन्थ्यो र ! यो बीचमा अपनाउनु पर्ने सजगता अनि गर्नुपर्ने काम खासै हुन सकेन। त्यसैले त सरकारी अनुमान विपरीत कोरोना संक्रमणको अवस्था झनै भयावह बन्दै गएको छ।
निषेधाज्ञाको ८ दिनमा उपत्यकाका तीनै जिल्लामा १ हजार ८६२ जना कोरोना संक्रमित थपिएका छन्। निषेधाज्ञा हुनु अघिसम्म काठमाडौं उपत्यकामा चार हजार ६१९ जना कोरोना संक्रमित थिए। अहिलेसम्म उपत्यकामा सङ्क्रमितको कूल संख्या ६ हजार ४८१ पुगिसकेको छ।
निषेधाज्ञा लागु भएको पहिलो दिनदेखि आजका मितिसम्म सङक्रमितको संख्या दैनिक क्रमश: २००, १८२, १६०, १६६, २४४, २३२, ३०१ र ३७७ देखिएको छ।
निषेधाज्ञामा के–के भयो ?
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार एक हप्ते निषेधाज्ञामा कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरूलाई होम क्वारेन्टिनमा बस्न लगाउने मात्र काम भयो। प्रचार प्रसार गर्ने, कोभिड–१९ बारे जनचेतना फैलाउने काम पनि भए, जुन पहिलादेखि चलिरहेकै थियो।
निषेधाज्ञाको समयमा नियमित कामबाहेक त्यस्तो उल्लेख्य कुनै काम नभएको उनको भनाइ छ। “सङ्क्रमण समुदायमा गइसकेको छ। समुदायमै परीक्षणको आवश्यकता छ। हाम्रो काम सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने हो। अहिले त्यही गर्दै आएका छौं,” उनले भने।
भक्तपुरमा अहिलेसम्म क्वारेन्टिनको व्यवस्था छैन। जबकी स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणका लागि स्वाब दिएकालाई क्वारेन्टिनमा बस्न भनेको छ। सम्भव भएसम्म होम क्वारेन्टिनमा, नभए सरकारले बनाएको क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ। तर, भक्तपुरमा सरकारले बनाएका क्वारेन्टिन नै छैनन्। स्वाब संकलन भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू होम क्वारेन्टिनमा बसिरहेको प्रमुख मिजारको भनाइ छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य कार्यालयलाई महामारी नियन्त्रणका लागि सहज वातावरण मात्र बनाइदिएको बताइन्। “हामी आफैंले परीक्षण गर्ने, स्वाब संकलन गर्ने काम गर्दैनौं। जनस्वास्थ्य कार्यालयको काममा सहज होस् भनेर निषेधाज्ञा जारी गरेका हौं,” प्रजिअ पाण्डेले भनिन्।
काठमाडौं र ललितपुर जिल्लामा पनि यो अवधिमा न परीक्षणको दायरा बढाउने काम भयो, न त स्वास्थ्य पूर्वाधारको थप विस्तार गर्ने काम भयो।
त्यस्तै काठमाडौं र ललितपुर जिल्लामा पनि यो अवधिमा न परीक्षणको दायरा बढाउने काम भयो, न त स्वास्थ्य पूर्वाधारको थप विस्तार गर्ने काम भयो। ललितपुरका जनस्वास्थ्य प्रमुख डा. खगेन्द्र गेलाल भने स्वास्थ्य पूर्वाधार विकासको काम अघि बढिरहेको बताउँछन्।
निषेधाज्ञाका कारण महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई सजिलो भएको उनको भनाइ छ। “बढी भीडभाड हुँदा निकै समस्या हुने गरेको थियो। निषेधाज्ञाले सहज भएको छ। मानिसहरू घरभित्रै सुरक्षित बस्दा उनीहरूलाई पनि संक्रमणको जोखिम भएन। हामीलाई पनि महामारी नियन्त्रणका लागि काम गर्न सहज भयो,” उनले भने।
निषेधाज्ञामा के गर्ने ?
सर्वसाधारण र राज्य दुवैको तर्फबाट हुनुपर्ने जिम्मेवारी पूरा नहुँदा निषेधाज्ञाको औचित्य नहुने सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ।
“निषेधाज्ञा मात्र गरेर हुँदैन। राज्य र समुदाय दुबैले विभिन्न कामहरू गर्नुपर्छ। त्यो काम भएन भने निषेधाज्ञा जति लम्बिदैं गयो त्यति नै जोखिम बढ्छ,” डा. पुनले भने।
सबैभन्दा महामारी समुदायमा फैलियो वा फैलिएन भन्ने कुरा पत्ता लगाउनुपर्ने उनको भनाइ छ। “त्यसका लागि मानिसहरूको बढी चहलपहल हुने क्षेत्रमा समुदायमा पीसीआर परीक्षण गर्नुपर्छ। त्यहाँबाट आएको नतिजा अनुसार नै थप रणनीति बनाउनुपर्छ,” उनले भने।
सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्र थप स्वास्थ्य सजगता अपनाउने, पूर्वाधारको विकास गर्ने जस्ता विषयमा उपयुक्त निर्णय लिन सकिन्छ।
सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्र थप स्वास्थ्य सजगता अपनाउने, पूर्वाधारको विकास गर्ने जस्ता विषयमा उपयुक्त निर्णय लिन सकिने उनको भनाइ छ।
“उपत्यकाका निश्चित टोल वा क्षेत्रमा सबै मानिसहरूमा परीक्षण गरौं। त्यहाँबाट के नतिजा आउँछ। नतिजाका आधारमा अगाडि बढ्नुपर्छ। कुनै परीक्षण तथा तयारीबिनै अनावश्यक खर्च गरेर मात्र हुँदैन,” उनले भने।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले पनि उपत्यकामा परीक्षणको दायरा बढाउनुपर्ने बताए। “पहिलो चरणको निषेधाज्ञा गर्नुभन्दा पहिला पनि भनेकै थियौं, परीक्षण दायरा नबढाए भने जोखिम झन् बढ्छ भनेर। अहिले सङ्क्रमणको दर झनै बढीरहेको छ,” उनले भने, “अबको हप्ता परीक्षण व्यापक गर्ने त्यसपछि निषेधाज्ञा सहज गरेर मानिसलाई नियमित दिनचर्यामा फर्काउन सकिन्छ।”
निषेधाज्ञाको अवधिमा काम गर्न सहज हुने भएकाले राज्यले द्रूत गतिमा कामलाई अगाडि बढाउनुपर्ने डा. पुनको भनाइ छ।
राज्यले गर्नुपर्ने कामः
समुदायमा गएर पीसीआर परीक्षण गर्ने।
कन्ट्याक्ट ट्रेसिङलाई द्रूत गतिमा गर्ने संयन्त्रको विकास गर्ने।
स्वास्थ्यकर्मीलाई थप स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्ने।
निषेधाज्ञाको समयमा समस्यामा परेकालाई रातह तथा उद्धारका लागि छुट्टै संयन्त्रको विकास गर्ने।
आवश्यकता अनुसार क्वारेन्टिनको निर्माण गर्ने।
आइसोलेसन सेन्टर, कोभिड–१९ अस्पतालमा आईसीयू तथा भेन्टिलेटरको विस्तार गर्ने।
जनचेतना पनि व्यापक रूपमा गर्नुपर्छ।
कोरोना महामारीका कारण सबैभन्दा बढी मानवीय क्षति अमेरिकामा भइरहेको छ। अमेरिकामा एक लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकामा पर्याप्त मात्रामा स्वास्थ्य पूर्वाधार रहे पनि जनस्तरबाट सचेत नहुँदा समस्या भइरहेको डा. पुनको भनाइ छ।
महामारी सुरु हुँदा अमेरिकनहरू हामीलाई पनि कोरोना लाग्छ र भन्ने सोच्थे। त्यहाँ राज्यले आफ्नो तर्फबाट सबै सचेतना अपनाए पनि नागरिक सचेत नहुँदा महामारीले भयावह अवस्था ल्याइएरहेको डा. पुनको बुझाइ छ। त्यसैले कोरोना महामारी नियन्त्रणका लागि नागरिकको पनि ठूलो भूमिका रहने उनको भनाइ छ।
नागरिकले के गर्ने ?
भौतिक दूरी कायम गर्ने।
सावधानीसाथ मास्क लगाउने।
बढी भीडभाड हुने ठाउँमा नजाने र भीडभाड नगर्ने।
सरकारले तोकेको अवधिमा घरबाहिर नजाने।
स्वाब दिएका व्यक्तिहरूले नतिजा नआउँदासम्म क्वारेन्टिनमा बस्ने।
कतै मेरो कारणले मेरो परिवार, गाउँ, टोल, समाज, कोरोना संक्रमणको जोखिममा त छैन् भनेर सचेत हुने।

निषेधाज्ञाका आठ दिन: मानिसलाई घरमै थुन्ने बाहेक केही भएन !: Dekhapadhi
निषेधाज्ञाको ८ दिनमा उपत्यकाका तीनै जिल्लामा १८६२ जना कोरोना संक्रमित थपिएका छन्।
सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्र थप स्वास्थ्य सजगता अपनाउने, पूर्वाधारको विकास गर्ने जस्ता विषयमा उपयुक्त निर्णय लिन सकिने।
“अबको हप्ता परीक्षण व्यापक गरे निषेधाज्ञा सहज गरेर मानिसलाई नियमित दिनचर्यामा फर्काउन सकिन्छ।”
निषेधाज्ञाका आठ दिन: मानिसलाई घरमै थुन्ने बाहेक केही भएन !

काठमाडौं। लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्केसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो। जसका कारण लकडाउन अन्त्य भएको करिब १ महिना पुग्नै लाग्दा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासनले भदौ ३ गते रातिदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरे।

यो बीचमा सङ्क्रमण घट्नुको साटो उल्टै बढेपछि निषेधाज्ञा लम्ब्याएर भदौ १७ गते रातिसम्म पुर्‍याइएको छ। अहिलेको सङ्क्रमणको अवस्था हेर्दा निषेधाज्ञा थप हुन सक्ने सम्भावना प्रशस्तै छ। आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पनि आउँदा दिनमा सङ्क्रमण बढ्ने देखिएको भन्दै थप चुनौती सामनाका लागि तयार रहन सचेत गराइसकेका छन्।

बाक्लिएको आवतजावत, भीडभाडपूर्ण दैनिक व्यवहारले कोरोनाको प्रसारमा मद्दत पुर्‍याएको ठहर्‍याउँदै त्यसलाई रोक्न भनेर नै गरिएको हो, निषेधाज्ञा। तर निषेधाज्ञा लगाउँदैमा मात्र कोरोनाको विस्तार कहाँ रोकिन्थ्यो र ! यो बीचमा अपनाउनु पर्ने सजगता अनि गर्नुपर्ने काम खासै हुन सकेन। त्यसैले त सरकारी अनुमान विपरीत कोरोना संक्रमणको अवस्था झनै भयावह बन्दै गएको छ।