पछिल्लो २४ घण्टामा थपिए १ हजार १११ नयाँ संक्रमित
<p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। </p>
<p>गत २४ घण्टामा देशभर गरिएको १२ हजार ६२९ पीसीआर परीक्षण मध्ये ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जानकारी दिएको छ।</p>
<p>योसँगै हालसम्म नेपालमा ३५ हजार ५२९ जना संक्रमण पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।</p>
<p>हालसम्म २० हजार ७३ जना पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्। देशभर हालसम्म ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिसकिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
