बारा। बाराको सुवर्ण गाउँपालिका-४ की कोरोना संक्रमित एक गर्भवतीको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ।
सङ्क्रमण पुष्टि भएपछि हिजोदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ। उनी ३३ हप्ताकी गर्भवती थिइन् ।
ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए। उच्च रक्तचापसमेत रहेको ती महिलाको ८ भदौमा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ। मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए। रासस
" /> बारा। बाराको सुवर्ण गाउँपालिका-४ की कोरोना संक्रमित एक गर्भवतीको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ।सङ्क्रमण पुष्टि भएपछि हिजोदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ। उनी ३३ हप्ताकी गर्भवती थिइन् ।

">