बुटवल। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १० : ३० बजे एक महिलाको मृत्यु भएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ती महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनलाई गत साउन २६ गते कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए। पहिलोपटक प्लाज्मा दिएर बुधबार बेलुकासम्म स्वास्थ्यावस्थामा राम्रो सुधार देखिएको तर गए रातिदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज बिहान पुनः अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा मृत्यु भएको हो।
उनलाई प्लाज्मा दिनका लागि केही समयअघि कोरोना सङ्क्रमणबाट मुक्त भएका कपिलवस्तुका एक युवक आज बिहान बुटवल आइपुगेका थिए। रुपन्देहीमा यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। यसअघि गए राति करीब ११ बजे कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारका क्रममै सोही अस्पतालमा मृत्यु भएको थियो।
उनको राति स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि राति नै मृत्यु भएको बताइएको छ। सङ्क्रमितलाई यही भदौ ५ गते सङ्क्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उनलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस
" /> बुटवल। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १० : ३० बजे एक महिलाको मृत्यु भएको छ।प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ती महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

">