काठमाडौं। ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक व्यक्तिको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।
अर्घाखाँची स्थायी ठेगाना भइ ललितपुर बस्दै आएका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि ७ भदौमा अस्पताल भर्ना भएका उनमा ९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।
दुवै छातीमा संक्रमण र निमोनिया पनि भएका ती पुरुषको हिजो राति ८ बजेपछि मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले देखापढीलाई बताए। ती पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको पाठकले बताए।
" /> काठमाडौं। ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक व्यक्तिको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।अर्घाखाँची स्थायी ठेगाना भइ ललितपुर बस्दै आएका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि ७ भदौमा अस्पताल भर्ना भएका उनमा ९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।

">