कर्णाली। प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ।
अस्पतालका अनुसार संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन्। अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए।
हाल अस्पतालमा २३ संक्रमित उपचाररत छन्। चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ। एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने निर्देशक खड्काको भनाइ छ।
" /> कर्णाली। प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ।अस्पतालका अनुसार संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन्। अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ।

">