काठमाडौं। कोरोना महामारीले महामारीले विश्व आक्रान्त भएका बेला बालबालिकामा भने संक्रमणको भन्दा मनोवैज्ञानिक प्रभाव र तनाव धेरै रहेको पाइएको छ।
कोभिड- १९ का कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी दक्षिण एशियाली राष्ट्रहरूको सहकार्यका विषयमा भएको वेभिनारमा सहभागी सरोकारवालाहरुले बालबालिकामा परेको असरबारे छलफल गरेका छन्।
माल्दिभ्सकी लिङ्ग, परिवार तथा सामाजिक सेवा मन्त्री इफाम हुसेनले महामारीका कारण रोजगारी गुमाएको परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइन्।
उनले बालबालिकाको अधिकार संरक्षण तथा मानव बेचबिखन रोक्नका लागि अन्तरदेशीय सहकार्य र साझा प्रतिवद्धता आवश्यक रहेको तथा त्यसकालागि माल्दिभ्स सरकार प्रतिवद्ध रहेको बताएकी छिन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोनापछिको व्यवस्थापनका लागि सरकारले दश वर्षे रणनीतिक योजनामा कार्यक्रम समावेश गरेको बताए। उनले विपद्का कारण नेपाली बालबालिकाहरु सधै जोखिममा पर्ने गरेको भन्दै कोभिडका कारण पनि सडक बालबालिकाको संख्या बढिरहेको पाइएको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाले कोभिड अवधिमा सरकार बालमैत्री हुन नसकेको बताइन्। उनले भनिन्, "बालबालिकाको सिक्ने थलो नै क्वारेण्टाइन बनेँ, तर ती क्वारेण्टाइन बालमैत्री भएनन् । आयोगले सरकारलाई त्यस्ता सेवाहरू बालमैत्री बनाउन पत्राचार गरेको छ।"
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोभिडका कारण दैनिक मजदुरी गरेर खाने परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताए।
"संक्रमित हुने कुरा त भयो नै, विद्यालयहरु बन्द भएपछि उनीहरु मानसिक, शारीरिक र सामाजिक रुपमा पनि तनावमा छन्," उनले भने ।
बाल अधिकारको क्षेत्रमा कार्यरत स्वतन्त्रता अभियानकी इन्चार्ज रितु भट्टले दक्षिण एसियाली मुलुकमा गन्तव्यहीन यात्रामा रहेका बालबालिकालाई कोभिड–१९ ले ठूलो असर पुर्याएको बताइन्।
कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकामा कोभिड १९ ले बालबालिकाको क्षेत्रमा पारेको प्रभावका विषयहरु र त्यसले पार्ने दिगो प्रभावका विषयमा समेत छलफल भएको थियो।
नेपालमा कुल जनसंख्याको करिब ४२ प्रतिशत संख्या बालबालिकाको छ। तथ्यांकअनुसार कुल बालबालिकामध्ये ११ प्रतिशत परिवारभन्दा बाहिर छन् भने ३७.४ प्रतिशत बालबालिका श्रममा संलग्न छन्। अहिले कोभिड–१९ का कारण विश्वका १८६ देशमा दुई अर्ब ३४ करोड बालबालिका प्रभावित छन्।
युनिसेफका अनुसार हाल बन्दाबन्दी भएका ८२ देशमा कोरोनाका कारण १४ करोड बालबालिका बढी प्रभावित भएका छन्।
" /> काठमाडौं। कोरोना महामारीले महामारीले विश्व आक्रान्त भएका बेला बालबालिकामा भने संक्रमणको भन्दा मनोवैज्ञानिक प्रभाव र तनाव धेरै रहेको पाइएको छ।कोभिड- १९ का कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी दक्षिण एशियाली राष्ट्रहरूको सहकार्यका विषयमा भएको वेभिनारमा सहभागी सरोकारवालाहरुले बालबालिकामा परेको असरबारे छलफल गरेका छन्।

">