काठमाडौं। स्वास्थ्य संस्थामा कार्यरत काभ्रे पलाञ्चोककी एक युवतीले कोरोनाभाइरस संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन। नतिजा आउन तीन दिन लाग्यो। स्वाब दिएपछि नतिजा नआएसम्म उनी नियमित जीवनशैलीमै थिइन्। अर्थात, घर–परिवार तथा छिमेकीसँगको भेटघाट रोकिएको थिएन। बिरामीकै भिड लाग्ने स्वास्थ्य संस्थाको जागिरमा कार्यशैली पुरानै थियो।
नतिजा आउने दिनसम्ममा ती युवतीले कति जनालाई भेटिन्, उनैलाई थाहा थिएन। मंगलबार उनको पीसीआर रिपोर्ट आयो। स्वास्थ्य संस्थामा कार्यरत उनलाई संक्रमण पुष्टि भयो। त्यसपछि खैलाबैला मच्चियो, ‘कति जनालाई भाइरस सार्न उनी क्यारियर बनिन होला’ भनेर।
कन्टयाक ट्रेसिङको काम भइरहेको बताइएको छ। उनीसँग सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गराउने स्थानीय निकायहरूले बताएका छन्।
तपाईं पनि स्वाब दिएर स्वतन्त्र रूपले हिँड्डुल गरिरहनुभएको त छैन ? बाहिरका मानिस वा परिवारका सदस्यहरूसँग घुलमिल भइरहनुभएको छ ? त्यसो हो भने तपाईंबाट अरू मानिसमा कोरोना सर्ने जोखिम हुन सक्छ।
“कुनै पनि मानिसले आफ्नो स्वाब दिनुको अर्थ आफूमा इन्फेक्सन भएको शंका गर्नु हो। धेरै मानिसहरूले कोरोनाको लक्षण भएर वा कन्ट्याक ट्रेसिङमा परेर स्वाब दिइरहेका हुन्छन्। तर, सचेत भने हुँदैनन्,” संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी सुझाउँछन्, “रिपोर्ट नआउन्जेल होम आइसोलेसनमा बस्नुस्। कसैसँग भेटघाट गर्नुहुन्न। स्वाब दिएको मानिसलाई संक्रमण रहेछ भने उसले रिपोर्ट आउनुअघि नै परिवारका सदस्य वा अन्य नजिकका व्यक्तिलाई भाइरस सारिसकेको हुन सक्छ।”
चुरोट तथा मदिरा सेवन गर्ने व्यक्तिमा कोरोना सर्दा बढी जोखिम हुने बताउँदै उनले त्यस्ता कुलत तत्काल छोड्नुपर्ने बताए। “मदिराले इम्युनिटी पावर घटाउँछ, चुरोटले फोक्सोलाई असर गर्छ, त्यसैले सेवन गर्नु हुँदैन”, उनले सुझाए।
" /> काठमाडौं। स्वास्थ्य संस्थामा कार्यरत काभ्रे पलाञ्चोककी एक युवतीले कोरोनाभाइरस संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन। नतिजा आउन तीन दिन लाग्यो। स्वाब दिएपछि नतिजा नआएसम्म उनी नियमित जीवनशैलीमै थिइन्। अर्थात, घर–परिवार तथा छिमेकीसँगको भेटघाट रोकिएको थिएन। बिरामीकै भिड लाग्ने स्वास्थ्य संस्थाको जागिरमा कार्यशैली पुरानै थियो।नतिजा आउने दिनसम्ममा ती युवतीले कति जनालाई भेटिन्, उनैलाई थाहा थिएन। मंगलबार उनको पीसीआर रिपोर्ट आयो। स्वास्थ्य संस्थामा कार्यरत उनलाई संक्रमण पुष्टि भयो। त्यसपछि खैलाबैला मच्चियो, ‘कति जनालाई भाइरस सार्न उनी क्यारियर बनिन होला’ भनेर।

">