काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन्।
मन्त्री ढकालले निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए।
छलफलमा डा. महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए। उनले कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर नगएको जनाउँदै सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि सङ्क्रमणको दर घट्दोक्रममा रहेको बताए।
उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको र सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने धारणाा राखे।
विज्ञ प्रा. डा. जीवन शेरचनले सरकारले निःशुल्क मास्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाले दसैँलगायत महत्त्वपूर्ण चाड नजिकै आइसकेका सन्दर्भमा स्वास्थ्य मापदण्ड बनाएर नागरिकलाई सहजीकरण गर्नुपर्ने बताए। उनले अस्पताल सङ्क्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलि बढी ध्यान दिनुपर्ने बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले भेन्टिलेटरमा जानेभन्दा पनि अक्सिजन थेरापीलाई महत्वका साथ अघि बढाउनुपर्ने बताउँदै अक्सिजन थेरापी भेन्टिलेटरभन्दा राम्रो र प्रभावकारी रहेको विचार राखे। रासस
" /> काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन्।मन्त्री ढकालले निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए।

">