काठमाडौं। कोरोना (कोभिड-१९) का विरामीलाई प्लाज्मा थेपारी विधिबाट उपचार प्रभावकारी देखिएको छ। नेपालका विभिन्न अस्पतालहरूमा यतिबेला कतिपय कोरोना संक्रमितको यहि विधिमार्फत उपचार भइरहेको छ। सरकारले १२ अस्पताललाई यहि विधिबाट उपचार गर्नका लागि तोकेको छ। कोभिड-१९ का गम्भीर प्रकारका विरामीलाई यो उपचार पद्धति प्रभावकारी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए।
अहिले सम्मको उपचार हेर्दा यो विधि प्रभावकारी देखिएको उनको भनाइ छ। “केही एक/दुई घटनाबाहेक अरूमा सफल उपचार भइरहेको छ। यसबाट विरामी चाँडै नै रिकभर भएको देखिन्छ। तर, प्लाज्मा दान गर्नेको संख्या न्यून छ,” डा. ज्ञवालीले भने। कोरोना संक्रमणपछि निको भएका ३० जनाले मात्र हालसम्म प्लाज्मा दान गरेका छन्। जबकी संक्रमण भएर निको भएका सबै जनाले प्लाज्मा दिन सक्छन्।

के हो प्लाज्मा थेरापी ?
त्रिवि शिक्षण अस्पताल कोभिड-१९ व्यवस्थापन समितिका संयोजक तथा छातिरोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार यो कुनै नयाँ विधि होइन। कोभिडको केसमा मात्र नयाँ परीक्षण भएको हो। दाताले रगत दिने हो। रगतबाट रातो रक्तकोष (आरबीसी) छुट्याइन्छ, प्लेटलेट्स पनि छुट्याइन्छ। त्यसपछि बचेको तरल पदार्थ प्लाज्मा हो। पहिला पनि अरू बिरामीलाई प्लाज्मा दिँदै आइएको हो। कोभिडको केसमा मात्र यो नयाँ भएको हो। यो महँगो प्रक्रिया होइन, दाताको रगतबाट प्लाज्मा निकाल्ने हो। हेपाटाइटिस, एचआइभीको स्क्रिनिङ गरिन्छ। त्यसपछि रगत समूह मिल्नुपर्छ।
“साधारण अर्थमा भन्नुपर्दा यो रगत दान गर्नु नै हो। जसरी हामीले रगत दान गरेर आवश्यक परेको विरामीमा ट्रान्सफर गर्छौ त्यसरी नै कोभिड-१९ निको भएका मानिसबाट प्लाज्मा निकालेर विरामीलाई दिन्छौं। त्यसबाट विरामीको शरीरमा एन्टिबडी बन्न सकोस् र विरामीलाई चाडैं निको होस् भन्ने कुरा हो,” डा. दासले भने।
यो १८ वर्ष माथिका व्यक्तिले मात्र दिन पाउँछ। त्यसका लागि कोरोना परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि मात्र दान गर्न मिल्छ।
किन कम भयो ?
जम्मा संक्रमित ३४ हजार ४ सय १८ जनामध्ये १९ हजार ५ सय ४ जना निको भएर घर फर्किसकेका छन्। अर्थात आधाभन्दा बढी ५६.६ प्रतिशतले कोरोना जितिसकेका छन्।
तिनीहरूमध्ये आधा भन्दा बढी १८ वर्ष माथिका छन्। उनीहरूले प्लाज्मा दान गर्न मिल्छ। यस्तो अवस्थामा साढे ९ हजार भन्दा बढी मानिसहरू प्लाज्मा दिनका लागि योग्य रहेको सदस्य सचिव डा. ज्ञवालीको भनाइ छ। तर, अहिलेसम्म जम्मा ३० जनाले मात्र प्लाज्मा दिएका छन्।
आखिर किन कम भयो त प्लाज्मा दिनेको संख्या ? डा. ज्ञवाली भन्छन्, “कोरोना जितेर डिस्चार्ज भएकाहरू सबै घरमै छन्। ठाउँ ठाउँमा निषेधाज्ञा तथा लकडाउन जारी छ। यस्तो अवस्थामा अस्पतालमा आएर उनीहरू डोनेट गर्न सकिरहेका छैनन्।”
अब सरकारले उनीहरूको घर–घरमै गएर प्लाज्मा संकलन गर्ने तयारी गरिरहेको पनि उनको भनाइ छ। “उनीहरूलाई अस्पतालमा आउन समस्या भएकाले आफैं घर-घरमा पुगेर प्लाज्मा संकलन गर्ने तयारी सरकारले गरेको हो। अर्को कुरा प्लाज्मा दान गर्दा केही फरक पर्दैन भन्ने ज्ञान पनि सबैमा नभएको देखिन्छ,” उनले भने।