काठमाडौं। कोरोना महामारीसँग जुध्न अग्रपंक्तिमा खटिने एक ल्याब टेक्निसियनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हिजोदेखि काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कोलाहल मच्चिएको छ।
एक हप्ताअघि परीक्षणका लागि स्वाब दिएका ती टेक्निसियन पछिल्ला सात दिनमा कति मानिसको सम्पर्कमा पुगे भन्ने उनी आफैंलाई थाहा छैन। हुन त, कोरोना महामारीविरूद्धका खटिएका सबै ‘फ्रन्टलाइनर’ले पीपीई, मास्क, ग्लोभ्स लगाउने लगायत सुरक्षा सावधानीका उपाय अपनाएकै हुन्छन्। जसले उनीहरूमा संक्रमणको जोखिम केही हदसम्म भए पनि कम गर्छ।
तर, काभ्रेको भुम्लु गाउँपालिकामा त्यस्तो भएन। सबैखाले सावधानी अपनाए पनि स्वास्थ्यकर्मीमै संक्रमण भयो। जसले स्थानीय वासिन्दालाई त्रसित बनाएको छ।
काभ्रे पलाञ्चोकको कोशीपारि पर्ने भुम्लु गाउँपालिकाको वडा नम्बर ८ स्थित भुम्लु स्वास्थ्यचौकी तथा प्रयोगशाला नजिकै चार/पाँचवटा पसल छन्।
सानो बजारजस्तो ठाउँ भएकाले स्थानीयवासीहरूको जमघट त्यहीँ हुन्छ। स्वास्थ्यचौकीमै सात/आठजना कर्मचारी छन्। जसले कन्ट्याक्ट ट्रेसिङ जटिल बनेको छ।
“करिब एक हप्ताअघि स्वाब दिएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आयो,” गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाँईले भने, “रिपोर्ट आउने बित्तिकै पूरै वडा सिल गरेका छौं।”
थप संक्रमण फैलिन नदिन हिजोबाट सिल गरिएको र संक्रमित होम आइसोलेनमा बसेको कारण अब उनले ‘भाइरस क्यारियर’ को भूमिका निर्वाह गर्ने सम्भावना छैन।
तर, स्वाब दिएको दिन यता करिब एक हप्ता निरन्तर काम गरिरहेकाले संक्रमण समुदायस्तरमा फैलिएको हुन सक्ने खतरा रहेको प्रशासकीय अधिकृत बजगाँई बताउँछन्।
“उनलाई कसरी संक्रमण भयो भन्ने अहिलेसम्म भेउ पाउन सकिएको छैन। पछिल्लो समय संक्रमितको कुनै ‘ट्राभल हिस्ट्री’ छैन। उनी नजिकै बस्ने र त्यहीँ काम गर्ने हो,” अधिकृत बजगाँई भन्छन्, “संक्रमणको स्रोत र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ।”
गाउँको स्वास्थ्यचौकी र ल्याब भएकाले त्यति धेरै भीड नहुने भए पनि स्वाब संकलनलगायतका काममा संक्रमित सक्रिय भएकाले समुदायस्तरमा फैलिएको हुन सक्ने साेही वडाका अध्यक्ष मोतिलाल तामाङले बताए।
“संक्रमण पुष्टि हुने बित्तिकै हामीले वडा सिल गरेर कन्टयाक्ट ट्रेसिङ सुरू गरेका छौं,” वडाध्यक्ष तामाङले देखापढीसँग भने, “कसरी संक्रमण भयो भन्ने थाहा नभएकाले समुदायमा फैलिएको हुन सक्ने सम्भावना पनि देखिएको छ।”
संक्रमित त्यो प्रयोगशालामा काम गर्ने एक मात्र प्राविधिक थिए। उनमा संक्रमण देखिएपछि तत्कालै अर्का प्राविधिकले उनलाई स्थानान्तरण गरिसकेका छन्।
“केही समय अगाडि नै प्राविधिकका लागि आवेदन थियो। आजबाट एकजनालाई नियुक्ति पत्र दिएर जिम्मेवारीमा राखिसकेका छौं,” अधिकृत बजगाँईले भने।
हिजो संक्रमितको रिपोर्ट आउने बित्तिकैदेखि सम्पूर्ण वडा सिल गर्ने क्रममा स्वास्थ्यचौकीबाट दिइने सम्पूर्ण सेवासमेत बन्द गरिएको छ।
स्थानीयले कोरोनाको संक्रमणबाट जोगिन अपनाउनुपर्ने ‘प्रोटोकल’लाई गम्भीररूपमा लिएर पालना नगरेकाले समस्या भएको अधिकृत बजगाँईले बताए।
“स्वास्थ्यकर्मीलगायतले पीपीई, मास्क, स्यानिटाइजरको प्रयोग गर्दै आएका छन्,” उनी भन्छन्, “तर सर्वसाधारणले चाहिँ पूर्णरूपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेका छैनन्। गाउँ भएकाले यस्तो भएको हुन सक्छ। तर यसले थप समस्या निम्त्याउन सक्छ।”
यसअघि पनि त्यही वडाका एक जनासहित भुम्लु गाउँपालिकाका ८ जनामा संक्रमण देखिइसकेको थियो। तर, उनीहरूमध्ये अधिकांस बाहिरबाट गाउँ गएर क्वारेन्टिनमा बसेका थिए। त्यसैले उनीहरूको संक्रमण स्रोत अनुमान गर्न सकिएको थियो।
“तर अहिले संक्रमणको स्रोत खुलेको छैन। अनि उनको सम्पर्कमा आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङमा पनि समस्या भइरहेको छ। सबै स्थानीय वासिन्दा त्रसित छन्,” गाउँपालिकाका प्रशासकीय अधिकृत बजगाँईले भने।
" /> काठमाडौं। कोरोना महामारीसँग जुध्न अग्रपंक्तिमा खटिने एक ल्याब टेक्निसियनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हिजोदेखि काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कोलाहल मच्चिएको छ।एक हप्ताअघि परीक्षणका लागि स्वाब दिएका ती टेक्निसियन पछिल्ला सात दिनमा कति मानिसको सम्पर्कमा पुगे भन्ने उनी आफैंलाई थाहा छैन। हुन त, कोरोना महामारीविरूद्धका खटिएका सबै ‘फ्रन्टलाइनर’ले पीपीई, मास्क, ग्लोभ्स लगाउने लगायत सुरक्षा सावधानीका उपाय अपनाएकै हुन्छन्। जसले उनीहरूमा संक्रमणको जोखिम केही हदसम्म भए पनि कम गर्छ।

">