काठमाडौं। दिन प्रतिदिन काठमाडाैं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।

एक हप्तादेखि तीनै जिल्लामा निशेधाज्ञा जारी गरिएको भए पनि संक्रमणमा कमी आएको छैन।

देशकै सबैभन्दा बढी जनसंख्या भएको उपत्यकामा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुग्न लागेपछि काठमाडौंका सांसदहरू सक्रिय भएका छन्।

यसै क्रममा काठमाडौंका सांसदले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने उपायहरूबारे आज चर्चा गरेका छन्।

“कोरोना भाइरसको महामारी निकाे डरलाग्दो तरिकाले बढिरहेको छ। यसको कसरी सामना गर्ने भन्ने विषयमा हामी काठमाडौंका सांसदहरूले आजबाट सल्लाह गर्न थालेका छौं,” काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले भने, “सरकार र स्थानीय तहलाई पनि कसरी कोरोनासँग प्रभावकारी ढङ्गबाट लड्ने भन्ने विषयमा लिखितरूपमा नै प्रस्ताव गर्ने सल्लाह भएको छ।”

तर, त्यस किसिमको लिखित प्रतिवेदन पेस गर्नु अगाडि ‘अझै एक/दुई चरण बस्ने, अझ मेयरहरूसँग पनि बसेर सल्लाह गर्ने तयारीमा’ रहेको सांसद श्रेष्ठले बताए। यो छलफलको मुख्य उद्देश्य प्रक्रियामा देखिने ढिलासुस्तीको अन्त्य गर्नु भएको पनि उनले बताए।

“हाम्रो यो भेला र छलफलको मुख्य लक्ष्य भनेको सिस्टममा देखिएको ढिलासुस्तीको अन्त्य गर्नु हो,” उनले भने, “पक्रियागत ‘मेकानिजम’ मात्रै चुस्त पारियो भने पनि धेरै कुरा हुन्छ।”

तर, पछिल्लो समय कोरोना रोकथाममा हुने ढिलासुस्ती केही कम भएको उनको बुझाइ छ। काठमाडौंमा दैनिक बढिरहेको संक्रमण दरका कारण ढिलासुस्ती कम भएको सांसद श्रेष्ठ बताउँछन्।

“काठमाडौंमै भयावह अवस्था आउने देखिएपछि कोरोनाविरुद्धको प्रक्रियामा हुने ढिलासुस्ती केही कम भएको छ,” सांसद श्रेष्ठले भने, “तर, अझ त्यसलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न हामी प्रदेश सरकारसँग पनि सहकार्यको तयारी गर्दैछौं।”

‘हिजो स्वास्थ्यमन्त्री र मुख्यमन्त्रीसँगको अनौपचारिक भेटमा संघीय सरकारले अस्पताल व्यवस्थापन र सिभियर केसको सरकारले व्यवस्थापन गर्ने, आइसोलेसनको सबै कार्य प्रदेशले गर्ने र कन्टयाक्ट ट्रेसिङ तथा समुदायमा सचेतना फैलाउने काम स्थानीय सरकारले गर्नेमा सहकार्य गरौं’ भन्ने छलफल भएको उनले बताए।

बुधबार काठमाडौंका सांसदहरूको छलफलमा भिमसेनदास प्रधान, कृष्ण राई, गगन थापा, राजन केसी र समानुपातिकका सांसद शशी, रामकुमारी झाँक्री, दिव्यराज भण्डारी, राजेन्द्र श्रेष्ठलगायतका सांसदको सहभागिता थियो।

" /> काठमाडौं। दिन प्रतिदिन काठमाडाैं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।

"> राजधानीमा कोरोना कहर भयावह, सामनाका लागि काठमाडौंका सांसदहरू सक्रिय: Dekhapadhi
राजधानीमा कोरोना कहर भयावह, सामनाका लागि काठमाडौंका सांसदहरू सक्रिय

प्रतिक्रिया दिनुहोस्