कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या १७५ पुग्यो <p>काठमाडौं। देशभर कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या १७५ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p> <p>स्वास्थ्य मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा जनाइए अनुसार मृत्यु भएकामा ९ जना पुरुष&nbsp;र २ जना महिला छन्। मृत्यु भएका एक महिला ४६ वर्षीया मोरङकी हुन् भने ५३ वर्षीया महिला भक्तपुरकी हुन्।</p> <p>त्यस्तै&nbsp;कैलालीका ४५ र ५० वर्षीय पुरूष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरूष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षका पुरूषको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।</p> <p>मन्त्रालयका अनुसार हाल १४ जना कोरोना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। देशैभर ५ सयभन्दा बढी सक्रिय केस रहेका जिल्लामा मोरङ, मोहत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र काठमाडौं रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्