पछिल्लो २४ घण्टामा ८८५ कोरोना संक्रमित थपिए

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ८८५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनाका कोरोना पोजिटिभ देखिएको हो।

योसँगै हालसम्म देशभर ३४ हजार ४१८ जनामा संक्रमण देखिएको छ। त्यस्तै अहिले १४ हजार ७३९ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन्।

हालसम्म देशभर ६ लाख ३५ हजार २५२ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिले जम्मा सक्रिय संक्रिमतमध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्