काठमाडौं। सामूहिक राजीनामा दिएका वीरगञ्जका डाक्टरहरू काममा फर्किएका छन्।
जिल्ला प्रशासनका कार्यालयमा आज बसेको सरोकारवाला निकायबीचको बैठकपछि तीन दिनका लागि काममा फर्किएको संघर्ष समितिका महासचिव डा. रामएकवाल राय यादवले जानकारी दिए।
तीन दिनको बीचमा माग सम्बोधन नभएको खण्डमा भदौ १४ गतेबाट फेरि आन्दोलनमा फर्किने डा. यादवको भनाइ छ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको रोहवरमा बसेको बैठकमा निजी अस्पताल सञ्चालकहरूले माग सम्बोधनका लागि एक साताको समय माग गरेका थिए।
एक साता नभएर तीन दिनका लागि काममा फर्किन सकिने भन्दै काममा फर्किएको डा. यादवले बताए।
अस्पताल सञ्चालकहरूले तत्काल माग सम्बोधन गर्नका लागि गृहकार्य समेत नभएको भन्दै एक साताको समय मागेका थिए। तर, आफूहरू तीन दिनका लागि काममा फर्किन तयार भएको उनको भनाइ छ।
“तलब बढाउने, स्वास्थ्यकर्मीलाई पीपीई दिने विषयमा हामीले गृहकार्य गरेका छैनौं भन्दै एक साताको समय माग गर्नुभएको थियो। हामीले तीन दिनभित्र माग सम्बोधन गर्न भनेका छौं,” डा. यादवले भने।
उनीहरू कार्यरत अस्पताल प्रशासन, नेपाल चिकित्स संघ, जिल्ला प्रशासन कार्यालयमा उनीहरूले ५ बुँदे माग पेश गरेका थिए।
एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टिनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्ने, कार्यावधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्नेलगायतका माग उनीहरूको छ।
उक्त माग राखेर एक हप्ते अल्टिमेटम पेश गरेका वीरगगञ्जका निजी अस्पतालमा कार्यरत १५० जना एमबीबीएस डाक्टरहरूले भदौ ८ गते सामूहिक राजीनामा दिएका थिए।
" /> काठमाडौं। सामूहिक राजीनामा दिएका वीरगञ्जका डाक्टरहरू काममा फर्किएका छन्।जिल्ला प्रशासनका कार्यालयमा आज बसेको सरोकारवाला निकायबीचको बैठकपछि तीन दिनका लागि काममा फर्किएको संघर्ष समितिका महासचिव डा. रामएकवाल राय यादवले जानकारी दिए।

">