काभ्रेपलाञ्चोक। धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले गएराति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ। पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको डा. झाले बताए। पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना सङ्क्रमण बढ्दै गएको छ।
पोष्टका अनुसार कूल सङ्क्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन्। बाँकी ९८ सङक्रमितको विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ। रासस
" /> काभ्रेपलाञ्चोक। धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले गएराति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ। पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

">