मनाङ। मनाङका स्वास्थ्य प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएको छ। स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले बताए।
स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले बताए।
यस्तै, भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको गिरीले बताए। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ।
उनका अनुसार दुवै सङ्क्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन्। हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन्। यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पीसीआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएकामध्ये हिजो दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। रासस
" /> मनाङ। मनाङका स्वास्थ्य प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएको छ। स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले बताए।स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले बताए।

">