कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
कोभिड-१९ पोजिटिभ पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनको हिजो साँझ मृत्यु भएको हो।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकिएको श्रेष्ठले बताए।
ती पुरुषको हिजो साँझसम्म धनगढीको निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो। घटनापछि निसर्ग अस्पतालको आईसीयू कक्ष सिल गरिएको छ।
निसर्ग अस्पतालका संचालक कुबेर शाहीका अनुसार ती पुरुषमा कोरोना पुष्टि भएपछि आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।कोभिड-१९ पोजिटिभ पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनको हिजो साँझ मृत्यु भएको हो।

">