काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९४५ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान साढे आठ बजे अद्यावधिक गरेको विवरण अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ।
बिहान सवा सातमा अद्यावधिक गरेको विवरणमा २३ जनामा संक्रमण पुष्टि भएको उल्लेख थियो। थपिएका नौ जना संक्रमितमध्ये लमजुङको बेशीँशहरमा कार्यरत नेपाली सेनाका तीन जना अधिकारीहरू रहेका छन्। संक्रमण पुष्टि भएका नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जना हालै भारतका फर्किएका हुन्।
बाँकी संक्रमितहरू कन्ट्याक ट्रेसिङको आधारमा पहिचान भएका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन्। संक्रमण पुष्टि भएकालाई आइसोलेस केन्द्रमा लैजाने तयारी हुँदैछ।
गण्डकीमा संक्रमितमध्ये अहिलेसम्म एक हजार ६४३ जना संक्रमणमुक्त भएका छन् भने सात जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९४५ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान साढे आठ बजे अद्यावधिक गरेको विवरण अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ।बिहान सवा सातमा अद्यावधिक गरेको विवरणमा २३ जनामा संक्रमण पुष्टि भएको उल्लेख थियो। थपिएका नौ जना संक्रमितमध्ये लमजुङको बेशीँशहरमा कार्यरत नेपाली सेनाका तीन जना अधिकारीहरू रहेका छन्। संक्रमण पुष्टि भएका नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जना हालै भारतका फर्किएका हुन्।

">