काठमाडौं। इटहरी उपमहानगरपालिकाले अहिले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूलाई घर-आँगनमै गएर उत्प्रेरणा बाँडिरहेको छ।
जनप्रतिनिधिहरू भेटघाटमा जाँदा केही फलफूलगायतका पौष्टिक तत्व र गुर्जोसहित जान्छन्। संक्रमितहरूलाई ढाडस दिँदै रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुराहरू प्याकेज बनाएर लगिएको उपमहानगरपालिकाले जनाएको छ।
यसैक्रममा उपमेयर लक्ष्मी गौतमको केही दिनयताको दिनचर्या साथी लिएर वरपरका जंगल र खोलाखोल्सीमा गुर्जो खोज्नमा बित्न थालेको छ।
"प्रयोग गर्नेहरूले पनि यसले राम्रो गरेको प्रतिक्रिया दिएपछि हामीले अझ धेरै भेला गर्न थालेका छौं। स्वास्थ्यकर्मीहरूलेसमेत जडिबुटीको प्रयोग सुझाएका छन्", उनले भनिन्।
उनका अनुसार जंगलबाट भेला गरेर ल्याएको गुर्जोलाई होम आइसोलेसनमा बसेका संक्रमित भेट्न जाँदा दिइने छ।
अहिलेसम्म २५ जनालाई भेटिसकेको बताउँदै उपमेयर गौतमले आजदेखि पुन: भेटघाट गर्ने बताइन्।

जडिबुटीको रूपमा लिइने गुर्जो एउटा लहरेदार पतझर वनस्पति हो।
३०० देखि ५०० मिटरसम्मको उचाइमा नेपालको पूर्वदेखि पश्चिमसम्म पाइने यो जडिबुटिको लहरा (डाँठ) उपयोगी मानिन्छ। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, ज्वरो, डेंगु, तथा बाथलगायतका रोगहरूमा उपयोग गरिन्छ।
" /> काठमाडौं। इटहरी उपमहानगरपालिकाले अहिले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूलाई घर-आँगनमै गएर उत्प्रेरणा बाँडिरहेको छ।जनप्रतिनिधिहरू भेटघाटमा जाँदा केही फलफूलगायतका पौष्टिक तत्व र गुर्जोसहित जान्छन्। संक्रमितहरूलाई ढाडस दिँदै रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुराहरू प्याकेज बनाएर लगिएको उपमहानगरपालिकाले जनाएको छ।

">