काठमाडौं। गण्डकी प्रदेशमा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान सवा सात बजे अद्यावधिक गरेको विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुेनमा १७ जना नेपाली सेनाका अधिकारीहरू छन् भने एक जना, लम्जुङ बेशींशहर–८, का ३२ बर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी हुन्। सेनाका अधिकारी पनि लम्जुङमै कार्यरत छन्। जम्जुङकै अर्का एकजनामा पनि संक्रमण पुष्टि भएको छ। नवलपरासी गैंडाकोटका एक, कास्कीको पोखरा महानगरपालिका–११ का एक र मादी गाउँपालिका–७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
पोखरा महानगरपालिका–११ का संक्रमित साई अर्चना अस्पतालमा कार्यरत छन् भने मादी गाउँपालिकाका संक्रमित दुबईबाट फर्किएका हुन्। बाँकी संक्रमित कन्ट्याक ट्रेसिङको माध्यमबाट पहिचान भएका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन्। उनका अुनसार सबै संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक ९३६ पुगेको छ। गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या एक हजार ६४३ रहेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान सवा सात बजे अद्यावधिक गरेको विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो।संक्रमित हुेनमा १७ जना नेपाली सेनाका अधिकारीहरू छन् भने एक जना, लम्जुङ बेशींशहर–८, का ३२ बर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी हुन्। सेनाका अधिकारी पनि लम्जुङमै कार्यरत छन्। जम्जुङकै अर्का एकजनामा पनि संक्रमण पुष्टि भएको छ। नवलपरासी गैंडाकोटका एक, कास्कीको पोखरा महानगरपालिका–११ का एक र मादी गाउँपालिका–७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

">