भोजपुर। कोरोना भाइरस संक्रमणको जोखिमलाई दिँदै भोजपुर प्रवेश गर्ने नाकाहरू १५ दिन सिल गर्ने निर्णय गरिएको छ।
होल्डिङ सेल्टर व्यवस्थापन समितिको बैठकले संक्रमणको जोखिमलाई ध्यान दिएर सो निर्णय गरेको हो।
भोजपुरमा केही दिनअघि तीनजना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।
जिल्ला समन्वय सभापति लक्ष्मण खड्काको संयोजकत्वमा स्थानीय तहका प्रमुखहरू र सरोकारवाला निकायका व्यक्तिहरू उपस्थित सो बैठकले कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित विभिन्न निर्णयहरूसमेत गरेको छ।
जसमा होल्डिङ सेन्टर स्थापना तथा व्यवस्थापन, हेल्थ डेस्क व्यवस्थापन, पीसीआर मेसिन स्थापनाका लागी भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको संयोजकत्वमा ५ सदस्य समन्वय समिति गठन गरिएको छ।
त्यस्तै जिल्ला अस्पतालमा आईसीयू सञ्चालन गर्न जिसस प्रमुखको संयोजकत्वमा ३ सदस्य समिति गठन, जिल्ला आवतजावत गर्ने सवारीसाधनले पूरा गर्नुपर्ने मापदण्ड तय गरिएको छ।
भोजपुर नगरपालिकाले २० बेड, अन्य ८ वटा पालिकाले कम्तीमा ५ वेडको आइसोलेसन कक्ष र सबै स्थानीय तहले ५ वटा अक्सिजनको सिलिण्डर व्यवस्था गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताए।
" /> भोजपुर। कोरोना भाइरस संक्रमणको जोखिमलाई दिँदै भोजपुर प्रवेश गर्ने नाकाहरू १५ दिन सिल गर्ने निर्णय गरिएको छ।होल्डिङ सेल्टर व्यवस्थापन समितिको बैठकले संक्रमणको जोखिमलाई ध्यान दिएर सो निर्णय गरेको हो।

">