काठमाडौं। सरकारले गत साउन २४ गते कोरोना संक्रमित व्यक्ति जो आफ्नै घरमा (होम आइसोलेसन) बस्न चाहन्छन् उनीहरूको लागि मापदण्ड जारी गर्यो। ‘होम आइसोलेसन’मा बस्दा प्रकाश तथा हावा आउने कोठामा बस्नुपर्ने, पर्याप्त मात्रामा पानी र झोलिलो, पोसिलो खानेकुरा खानुपर्ने र उपचार अवधिभर आवश्यक सामानहरू मगाउने लगायतका प्रावधान मापदण्डमा उल्लेख गरिएको छ।
घरमा बस्दा संक्रमित व्यक्तिले पर्याप्त ध्यान दिएन भने परिवारका अन्य सदस्यहरू पनि संक्रमण सर्ने जोखिम रहन्छ। त्यसैले चिकित्सकहरू संक्रमित व्यक्ति होम आइसोलेसनमा बस्दा विशेष सजग हुनुपर्ने बताउँछन्। “‘सिभियर सिम्टम्स’ देखिएका कोरोना पोजिटिभ व्यक्तिहरू अस्पतालमै बस्नुपर्ने हुन्छ, सामान्य लक्षण छ भने घरमै बस्दा हुन्छ,” संक्रमण रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले देखापढीसँग भने।
.jpg)
संक्रमित व्यक्ति घरमा बस्दा के कस्ता समस्या आउन सक्छन् त?
“सबैभन्दा पहिले त संक्रमित व्यक्तिले मापदण्डलाई राम्रोसँग पालना गरेन भने परिवारका अन्य सदस्य संक्रमित हुने सम्भावना हुन्छ,” उनले भने, “विकसित देशहरूमा संक्रमित व्यक्ति छुट्टाछुट्टै बस्नुपर्ने प्रावधान छ, नेपालमा भने संयुक्त परिवार भएकाले गाह्रो हुन्छ।”
कतिपय कुराहरूमा संक्रमित व्यक्ति आफैंले बढी ध्यान दिनुपर्छ वा सचेत रहनुपर्छ। संक्रमितमा गम्भीर लक्षणहरू आए/नआएकोबारे जाँच गर्नुपर्ने डा. अधिकारी बताउँछन्। खोकी लाग्नु, स्वाद हराउनु, जिउ दुख्नु, पखाला लाग्नु कोरोना संक्रमणको सामान्य लक्षण नै मानिन्छ।
त्यसो भने गम्भीर लक्षण के के हुन त?
“सास फेर्न गाह्रो हुने, छाति दुख्ने, चक्कर लाग्नु, उठ्नै नसक्ने खालको हुनु, औला र ओठ निलो हुनु गम्भीर लक्षणहरू हुन्,” उनले भने। हातमा अक्सिजनको मात्रा कति छ जाँ गरिरहन पर्छ। ब्लड प्रेसर (उच्च रक्तचाप) कम छ भने तुरुन्त चिकित्सकलाई फोन गर्ने वा अस्पताल वा क्लिनिक जानुपर्ने डा. अधिकारीको सुझाव छ।
“घरमा बस्ने वृद्धवृद्धाहरू उच्च जोखिममा हुन्छन्। अझै दम, डायबिटीज, जस्ता दीर्घरोगीहरू संक्रमित व्यक्तिको नजिक नगएको राम्रो हुन्छ”, उनले थपे। वृद्धवृद्धालाई संक्रमण हुने उच्च जोखिम भएकाले उच्च सतर्कता अपनाउनुपर्ने र विशेष ध्यान दिन जरूरी रहेको उनले स्पष्ट पारे।
.jpg)
घरमा बस्ने संक्रमित व्यक्तिले के गर्नु हुँदैन ?
परिवारका अरु सदस्यहरूसँग घुलमिल नगर्ने
छुट्टै कोठामा बस्नुपर्ने
परिवारका सदस्यसँग भेट्नुपरे ६ फिट दूरी कायम गर्ने
भेट्दा अनिवार्य दुवैजनाले मास्क लगाउनुपर्ने
हात सफा राख्ने
संक्रमित व्यक्तिले किचेन प्रयोग गर्दा पनि कोरोना सर्नसक्ने सम्भावना हुन्छ। त्यसैले किचेनमा पनि पर्याप्त ध्यान दिनसक्नु पर्छ।
किचेन प्रयोग कसरी गर्ने त ?
सकेसम्म किचेन(भान्छाकोठा) फरक गर्नुपर्छ
अथवा संक्रमित व्यक्तिको कोठामा खाना पुर्याइदिने
संक्रमित स्वयंमले ‘डिटरजेन’ले थाल माझ्ने र घाममा सुकाउने
.jpg)
शौचालय कसरी प्रयोग गर्ने ?
शौचालय छुट्टै हुनुपर्छ
टुथपेस्ट छुट्टै हुनुपर्छ
छुट्टै बेसिन हुनुपर्छ
शौचालय प्रयोग गरेपछि राम्रोसँग सफा गर्नुपर्छ
सफा गर्दा ब्लिचको प्रयोग गर्ने (०.५ प्रतिशतको ब्लिच)
संक्रमित व्यक्तिले माथिका कुराहरूमा ध्यान दिए घरका अरु सदस्यलाई संक्रमण हुनबाट जोगाउन सक्ने डा. अधिकारीले बताए।
" /> काठमाडौं। सरकारले गत साउन २४ गते कोरोना संक्रमित व्यक्ति जो आफ्नै घरमा (होम आइसोलेसन) बस्न चाहन्छन् उनीहरूको लागि मापदण्ड जारी गर्यो। ‘होम आइसोलेसन’मा बस्दा प्रकाश तथा हावा आउने कोठामा बस्नुपर्ने, पर्याप्त मात्रामा पानी र झोलिलो, पोसिलो खानेकुरा खानुपर्ने र उपचार अवधिभर आवश्यक सामानहरू मगाउने लगायतका प्रावधान मापदण्डमा उल्लेख गरिएको छ।घरमा बस्दा संक्रमित व्यक्तिले पर्याप्त ध्यान दिएन भने परिवारका अन्य सदस्यहरू पनि संक्रमण सर्ने जोखिम रहन्छ। त्यसैले चिकित्सकहरू संक्रमित व्यक्ति होम आइसोलेसनमा बस्दा विशेष सजग हुनुपर्ने बताउँछन्। “‘सिभियर सिम्टम्स’ देखिएका कोरोना पोजिटिभ व्यक्तिहरू अस्पतालमै बस्नुपर्ने हुन्छ, सामान्य लक्षण छ भने घरमै बस्दा हुन्छ,” संक्रमण रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले देखापढीसँग भने।

">