काठमाडौं। तन्नेरी चासो संस्थाले ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा गरेको छ।
कोभिड-१९ महामारीले फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेका प्रयासहरू, यसले सिर्जना गरेको अवस्थालाई तस्वीरमा समेट्ने उद्देश्यका साथ प्रतियोगिता घोषणा गरेको तन्नेरी चासोले जनाएको छ।
प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिनेछ। क्यामरा वा मोबाइल दुवैबाट खिचिएका तस्वीरहरू पठाउन सकिने आयोजकले जनाएको छ।
पिजे क्लबको सहकार्यमा सञ्चालन हुने प्रतियोगिताका प्रतियोगीहरूले संस्थाको आधिकारिक वेबसाइटमार्फत् सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्। आजबाट सुरु भएको दर्ता प्रक्रिया असोज १० गते मध्यरात १२ बजे बन्द हुने आयोजकको भनाइ छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा आएका तस्वीरहरूमध्ये विजेतासहित उत्कृष्ट ५० तस्वीरहरू छानिने छन्, जसलाई देशका विभिन्न ठाउँहरूमा प्रदर्शनी गरिने योजना रहेको आयोजकले जनाएको छ।
" /> काठमाडौं। तन्नेरी चासो संस्थाले ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा गरेको छ।कोभिड-१९ महामारीले फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेका प्रयासहरू, यसले सिर्जना गरेको अवस्थालाई तस्वीरमा समेट्ने उद्देश्यका साथ प्रतियोगिता घोषणा गरेको तन्नेरी चासोले जनाएको छ।

">