काठमाडौं। “कोरोना संक्रमित व्यक्ति केएमसी अस्पतालबाट हड्डीको अप्रेसन गर्न यहाँ आउँदै छन्। अप्रेसन टिममा तपाईं पनि हुनुहुन्छ। तयारी अवस्थामा रहनु होला,” अस्पतालको रिसेप्सनबाट फोन आएपछि अन्जना तिमल्सिनाले एकछिन त केही देखिनन्।
उनलाई संसार पूरै अन्धकार भएजस्तो भयो। कतिबेला फोन राखिन् मेसै पाइनन्। मुटुको धड्कन ह्वात्तै बढ्यो।
कसलाई भन्ने, के भन्ने उनले सोच्नै सकिनन्। पसिना पुछ्दै उनी सिनियर दिदीसम्म पुगिन्। दिदीको हालत उनको भन्दा खराब थियो।
त्यो दिन थियो- २०७७ जेठ ११ गते।
अन्जना पेसाले स्टाफ नर्स हुन्। उनको कार्यथलो- कोरोना विशेष अस्पताल पाटन।
२०७६ चैत अघिसम्म उनले अस्पतालमा सात घण्टा काम गरे पुग्थ्यो, जतिबेला उनले भर्खर-भर्खर चीनको वुहानमा कोरोना भाइरस देखिएको सुनेकी थिइन्। विश्वभर संक्रमण फैलँदै गरेको अन्जनालाई थाहा थियो।
तर, एक दिन नेपालमा पनि आउला वा देखिएला उनले सोचेकै थिइनन्।
कोरोना भाइरस चीनबाट विस्तारै बाहिरिँदै थियो। एक, दुई, तीन गर्दै संक्रमित देशको संख्या बढ्दै थियो। संक्रमण जति धेरै देश पुग्दै थियो, उनको मुटुको ढुकढुकी पनि बढ्दै थियो।
“नेपालमा भाइरस देखियो र अस्पताल जानु पर्याे भने के गर्ने? सर्याे भने त मरिन्छ कि?,” तीन महिना अघि अन्जनाको मनमा यस्तै हुटहुटी हुन्थ्यो।
उनको मनभित्र डरका आँकुरा विस्तारै टुसाउँदै थिए।
उनले जो नहोस् भनेकी थिइन्, भइदियो त्यही। कोरोना संक्रमितको हड्डीको अप्रेसनमा उनी नै सहभागी हुनुपर्याे।
०००
अप्रेसन सुरु गर्नु अघि पीपीई लगाउन भनिएको थियो। पीपीई कसरी लगाउने उनलाई थाहै थिएन। सहकर्मीले पीपीई लगाउन सिकाइदिए। उनले भारी मनका साथ पीपीई लगाइन्।
डर, त्रासका बीचमा पनि उनको भित्री मनमा एउटा आवाज गुन्जिरहन्थ्यो, “देशलाई अप्ठेरो परेको बेला, महामारीका बेला एउटा नर्स घर बस्न हुन्न।”
“अप्रेसनमा जानै परेपछि अब मनमा डर राख्न हुँदैन। डर भए राम्रोसँग काम हुँदैन। राम्रोसँग काम नभए बिरामीको ज्यान जोखिममा पर्छ,” यति बुझेकी अन्जनाले डरलाई अप्रेसन कक्ष बाहिरै छोडिदिइन्। लामो स्वास लिइन् र उनी अप्रेसन कक्षमा छिरिन्।
दिउँसो ३ बजे अप्रेसन सुरु भयो।
यतिबेलासम्म अन्जनाले घरमा थाहा दिएकै थिइनन्- उनी कोरोना संक्रमितको अप्रेसनमा सहभागी हुँदैछिन् भन्ने।
“कोरोना भएको मानिसको अप्रेसन टिममा थिएँ भन्यो भने आमाबुबालाई पीर पर्छ। यो कुरा लुकाउनु पर्छ,” उनले यही सोचिन्।
घरमा यो कुरा लुकाउन सहज पनि त थिएन।
अन्जना घरमा सचेत भएर कसैको नजिक नगई १४ दिन बसिन्।
०००
“जागिर छोडिदेऊ। यो ज्यान बचाउने बेला हो। ज्यान रहे काम त भोलि जति पनि पाइन्छ,” नेपालमा कोरोना संक्रमित देखिने बित्तिकै परिवारले अन्जनालाई दबाब दिएको थियो। फिल्मी शैलीको यो ‘डायलग’ उनले घरमा दैनिक सुन्दै आएकी थिइन्।
डर, त्रासका बीचमा पनि उनको भित्री मनमा एउटा आवाज गुन्जिरहन्थ्यो, “देशलाई अप्ठेरो परेको बेला, महामारीका बेला एउटा नर्स घर बस्न हुन्न।” यसले उनको मन मस्तिष्कमा राम्रैसँग जरा गाडेको थियो।
“अस्पताल नजाने कुरा मैले सोच्नै सकिनँ। तर डर हरेक दिन उस्तै थियो। आज पनि छ,” अन्जनाले मन खोलिन्।
०००
अहिले अन्जनाको दैनिकी फेरिएको छ। अस्पतालमा काम सकेर घर जान्छिन्, तर पहिलेको जस्तो मन खोलेर आमाबुबालाई अँगालो मार्न सक्दिनन्।
आमाबुबा नजिक आउँदा उनी पर-पर सर्छिन्। मन लागेको ठाउँमा ढुक्कले जान र बस्न पनि सक्दिनन्।
उनलाई साना केटाकेटी असाध्यै मनपर्छ। देख्यो कि काखमा लिएर खेलाउन पाएजस्तो लाग्छ रे। तर, अहिले कोही बच्चा नजिक आयो भने उनी तर्किन्छिन्।
“कहीँ ममा भाइरस छ कि भन्ने डर सधैँ हुने रहेछ। किनकी हाम्रो कार्य क्षेत्र नै त्यस्तै छ,” आमाबुबा, केटाकेटीसँग तर्किनुको कारण उनले खुलाइन्।
त्यसो त बेलाबेलामा अन्जनाको पीसीआर टेष्ट पनि हुन्छ, तर मनभित्रको डर कहाँ सजिलै भाग्ने रहेछ र।
“यस्तो तिर्खा लागेको हुन्छ, पानी आडमै हुन्छ तर पिउन सकिँदैन। कारण- भनेको बेला शौचालय जान मिल्दैन।”
अहिले अन्जना अस्पताल पुगेपछिको पहिलो काम भनेको पीपीई लगाउने हो। पीपीई लगाइसकेपछि खोलिरहन मिल्दैन। पिसाब लाग्यो भने पनि च्यापेर बस्नु पर्छ।
“यस्तो तिर्खा लागेको हुन्छ, पानी आडमै हुन्छ तर पिउन सकिँदैन। कारण- भनेको बेला शौचालय जान मिल्दैन,” अन्जनाले भनिन्।
सबैभन्दा ठूलो समस्या त त्यतिबेला हुन्छ जति बेला महिनावारी भएको हुन्छ। प्याड फेर्न मिल्दैन। बिरामी छाडेर पीपीई फुकालेर शौचालय जान मिल्दैन।
“कल्पना गर्न नसकिने थकान र शरीर भारी हुन्छ,” उनको अनुभव।
पीपीईभित्र शरीर पसिनाले पूरै भिजेको हुन्छ। पसिना चुहिरहेको थाहा हुन्छ। अन्जना थप्छिन्, “तपाईंहरूलाई मास्क मात्र लगाउँदा गाह्रो भयो भन्नु हुन्छ, सोच्नुस् न हामीले एक इन्च शरीर खुल्ला नराखेर १२ घण्टाको ड्युटी गर्दा कस्तो हुन्छ होला।”
स्वास फेर्दा निस्केको बाफले फेस सिल्ड ढाकिन्छ। अनि बाहिर केही देखिँदैन। कान पनि राम्रोसँग सुन्न सकिँदैन।
भारी पीपीई, मास्क, फेस सिल्ड त्यसमाथि ठूलो बुट लगाएर बिरामीको हेरचाह गर्न निकै कठिन हुने अनुभव उनको छ।
“पसिना आइरहन्छ तर पुछ्न मिल्दैन। महिनावारी भएको बेला ब्लिडिङ भइरहन्छ, प्याड फेर्न मिल्दैन। बिरामीलाई पानी खुवाउँदा मुख सुकेको हुन्छ, पानी पिउन मन लाग्छ तर पीपीई लगाएका कारण पानी पिउन मिल्दैन,” अन्जानले स्वास नफेरि भनिन्।
सबैभन्दा नराम्रो त कोरोना संक्रमितको मृत्यु हुँदा मृत शरीरलाई अँगालो मारेर मृतकका आफन्त रुन नपाएको देख्दा लाग्छ। आफन्तहरू टाढा बसेर आँसु बगाइरहेका हुन्छन्,” यस्तो दृश्यले अन्जनालाई भावविह्वल बनाउँछ।
उनले थपिन्, “बिरामीलाइ खाना खुवाउँदा आफूलाई पनि खाउँखाउँ लाग्छ, भोकले पेट मडारिएको हुन्छ तर पीपीईमा खान मिल्दैन। पीपीईकै कारण हाम्रो शरीरमा समेत अक्सिजन कम भएको हुन्छ। बेलाबेलामा स्वास रोकिएला जस्तो हुन्छ। तपाईं कल्पना पनि गर्न सक्नुहुन्न, यस्तो बेला कस्तो हुन्छ?,”
०००
नर्सलाई देख्ने बित्तिकै मानिसहरू पर-पर सर्छन्- उनले पछिल्ला दिन अनुभव गरेकी छन्। त्यो बेला उनलाई ‘म अपराधी हुँ कि’ भन्ने भाव मनमा आउँछ रे।
तर, अस्पतालमा भर्ना भएका बिरामीले आफूहरूलाई धेरै माया गरेको देख्दा बाहिर गरिने तिरस्कार उतिखेरै उनी बिर्सिन्छिन्।
पछिल्ला दिन अन्जनाले कोरोना लागेका मानिसलाई अस्पतालमा छट्पटाएको देखेकी छन्। सडकमा लापरबाही गरेर हिँडेका मानिस पनि देखेकी छन्।
“लक्षण देखिएन भने त केही छैन, तर लक्षण देखियाे र भेन्टिलेटरसम्मको यात्रा गर्नु पर्याे भने तपाईं स्वास फेर्नको लागि धेरै छट्पटिनु पर्ने हुन्छ। त्यसैले त्रसित नभई कृपया कोरोनालाई हल्कारूपमा नलिनु होला,” आमसर्वसाधरणलाई अन्जनाको सुझाव छ।
आममानिसले डाक्टरलाई भगवान मान्छन, भन्छन्। सँगै काम गरिरहेका नर्सहरूको काम देख्दैनन्- अन्जनालाई यस्तै लाग्छ।
डाक्टरले दिनमा एक-दुईपटक आएर हेर्छन्। नर्स त २४ सै घण्टा बिरामी सँगै बस्नुपर्छ।
फेरि कोरोनाका बिरामीको त कोही कुरुवा पनि हुँदैन। बिरामी राखेको भवनमा समेत आफन्त जान पाउँदैनन्।
बिरामी निको हुँदा सारा पीडा बिर्सने नर्सहरू बिरामीको मृत्यु हुँदा पीडाले छट्पटिन्छन्।
“सबैभन्दा नराम्रो त कोरोना संक्रमितको मृत्यु हुँदा मृत शरीरलाई अँगालो मारेर मृतकका आफन्त रुन नपाएको देख्दा लाग्छ। आफन्तहरू टाढा बसेर आँसु बगाइरहेका हुन्छन्,” यस्तो दृश्यले अन्जनालाई भावविह्वल बनाउँछ।
“तीज त सामाजिक सञ्जालमा मात्र हेरियो। दिदी-बहिनी नाचिरहेको भिडिओ हामीले पीपीईभित्रबाट हेर्याैं।”
बिरामी हुँदा हेरचाह मात्र होइन, संक्रमितको मृत्यु भएमा शवलाई प्लास्टिकले बेर्ने रस्टेचरसम्म पुर्याउने काम नर्सले नै गर्नुपर्छ। ४५-५० केजीका नर्सहरूले ८०-९० किलोसम्ममा मृतकको अन्तिम व्यवस्थापन गर्नुपर्छ।
०००
अन्जनाका कति साथीहरू काठमाडौंमा भाडामा बस्छन्। कतिलाई त घरमा रोग ल्याउँछन् भनेर घरबेटीहरूले निकालेछन् पनि।
“कतिको पीडा कहाँ बसौं भन्ने छ। थोरै तलबमा काम गर्नुपर्छ। जागिरबाट कहिले निकाल्छन् भन्ने केही टुंगो हुँदैन,” अन्जनाले नर्स हुनुको दुःख सुनाइन्।
चैतदेखि कोरोनाका बिरामीको उपचारमा संलग्न नर्सहरू साथीभाई, घर-परिवारको नजिक जान सकिरहेका छैनन्। अन्जना थप्छिन्, “तीज त सामाजिक सञ्जालमा मात्र हेरियो। दिदी-बहिनी नाचिरहेको भिडिओ हामीले पीपीईभित्रबाट हेर्याैं।”
कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने कुरा अन्जनाले सुनेको धेरै भयो। तर अहिलेसम्म उनले केही पनि पाएकी छैनन् रे।
कोरोना लाग्छ कि भनेर डरैडरमा अस्पताल आउने बिरामी देख्दा उनलाई दुःख लाग्छ। डराउनु स्वभाविक पनि हो।
“भ्याक्सिन बनाउन विश्व लागिरहेको छ। केही समय तपाईंहरू सरकारले भनेको मान्नुहोस्। विश्व स्वास्थ्य संगठनले भनेको मान्नुहोस्। स्वास्थ्यकर्मीको मनोबल बढाउनुहोस्। सबै मिलेर कोरोनाविरुद्धको लडाइँ लडाैं। नत्र तपाईंको सानो भुलले ठूलो क्षति हुन सक्छ,” अन्जनाले कुराकानीको बिट मारिन्।
" /> काठमाडौं। “कोरोना संक्रमित व्यक्ति केएमसी अस्पतालबाट हड्डीको अप्रेसन गर्न यहाँ आउँदै छन्। अप्रेसन टिममा तपाईं पनि हुनुहुन्छ। तयारी अवस्थामा रहनु होला,” अस्पतालको रिसेप्सनबाट फोन आएपछि अन्जना तिमल्सिनाले एकछिन त केही देखिनन्।उनलाई संसार पूरै अन्धकार भएजस्तो भयो। कतिबेला फोन राखिन् मेसै पाइनन्। मुटुको धड्कन ह्वात्तै बढ्यो।

">