काठमाडाैं। नेपाल चिकित्सक संघले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा अग्रभागमा अनवरत खटिएका स्वास्थ्यकर्मीलाई साथ र सहयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आज संघका अध्यक्ष डा. लोचन कार्कीले पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या र त्यसबाट हुने मृत्यु बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीमाथि केही स्थानमा बेला-बेलामा हुने दुर्व्यहारबाट दुःख लागेको बताए।
घरबेटी र छरछिमेकीबाट हुने त्यस्ता दुर्व्यहारले स्वास्थ्यकर्मीको मनोबल घट्ने भएकाले मनोबल बढाउने काम गर्न आग्रह गर्दै उनले कोरोनाविरुद्धको लडाइँमा अनवरत लडिरहेका स्वास्थ्यकर्मीलाई जनताको साथ र सहयोगको अपेक्षा रहेकाे बताए। रासस
" /> काठमाडाैं। नेपाल चिकित्सक संघले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा अग्रभागमा अनवरत खटिएका स्वास्थ्यकर्मीलाई साथ र सहयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आज संघका अध्यक्ष डा. लोचन कार्कीले पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या र त्यसबाट हुने मृत्यु बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीमाथि केही स्थानमा बेला-बेलामा हुने दुर्व्यहारबाट दुःख लागेको बताए।

">