खाेटाङ। उपचार सम्भवः नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ।
भदौ ४ गते रेफर गरेर काठमाडौंस्थित पाटन अस्पताल पुर्याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा समेत सङ्क्रमण फैलिएको आशङ्कामा उनीहरूको पीसीआर रिपोर्ट नआएसम्मका लागि आकस्मिक तथा प्रसूतिबाहेकका सेवा बन्द गरिएको हो।
बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारीसहित ५६ जनाको नमूना सङ्कलन गरेर पीसीआर परीक्षण गर्न पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसूतिबाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रवीनकुमार फुयालले बताए।
“स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाब परीक्षण गर्न विराटनगर पठाइएको छ”, उनले भने, “स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सञ्चालन गरिनेछ।”
ज्वरोको समस्याले बिरामी परेकी किशोरी भदौ २ गते उपचारका लागि भर्ना भएकी थिइन्।
जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले भने, “उहाँ विदेशबाट आउनुभएको पनि होइन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ। यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि काठमाडौं रेफर गरिएको थियो।”
किशोरीसँगै जिल्लाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ। रासस
" /> खाेटाङ। उपचार सम्भवः नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ।भदौ ४ गते रेफर गरेर काठमाडौंस्थित पाटन अस्पताल पुर्याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा समेत सङ्क्रमण फैलिएको आशङ्कामा उनीहरूको पीसीआर रिपोर्ट नआएसम्मका लागि आकस्मिक तथा प्रसूतिबाहेकका सेवा बन्द गरिएको हो।

">