कैलाली। सेती प्रादेशिक अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मीसहित बाह्य ट्राभल हिस्ट्री नभएका पाँचजनामा मंगलबार कोरोना पुष्टि भएको छ।
हिजो मात्रै एकजना स्टाफ नर्स र अर्का सरसफाइ गर्ने कर्मचारीलाई समेत कोरोना पुष्टि भएको थियो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा अस्पतालमा कार्यरत तीनजना स्टाफ नर्स, एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए।
उनले धनगढीमै एमआरको काम गर्ने अर्का एकजनालाई समेत कोरोना पुष्टि भएको बताए। उनी धनगढी-५ मा घर नै भाडामा लिएर बस्दै आएका थिए।
योसँगै धनगढीमा मात्रै बाह्य ट्राभल हिस्ट्री नभएका ४० जनामा कोरोना पुष्टि भएको छ।
कतारबाट केही दिन अघिमात्रै आएका धनगढी-५, ढुंगेबजारका एक पुरुष र भारतबाट २० दिन अघि आएका धनगढी-२ का अर्का पुरुषमा समेत कोरोना पुष्टि भएको छ।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मीसहित बाह्य ट्राभल हिस्ट्री नभएका पाँचजनामा मंगलबार कोरोना पुष्टि भएको छ।हिजो मात्रै एकजना स्टाफ नर्स र अर्का सरसफाइ गर्ने कर्मचारीलाई समेत कोरोना पुष्टि भएको थियो।

">