काठमाडाैं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित
काठमाडाैं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरका १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ८५५ जना नयाँ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
योसँगै देशभर संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। गत २४ घण्टामा गरिएका ११ हजार ३२७ पीसीआर परीक्षणमध्ये ८५५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।
अहिले १४ हजार २५० जना आइसोलेसनमा छन् भने गत २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस्