२४ घण्टामा ८५५ नयाँ कोरोना संक्रमित थपिए <p>काठमाडाै&zwnj;। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका&nbsp;८५५ जना नयाँ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।</p> <p>योसँगै देशभर संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। गत २४ घण्टामा गरिएका ११ हजार ३२७ पीसीआर परीक्षणमध्ये ८५५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।</p> <p>अहिले १४ हजार २५० जना आइसोलेसनमा छन् भने गत २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्