दाङ। कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन। लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसीयू वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ।
दाङको बेलझुण्डीमा प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आठ भेन्टिलेटर र १५ आईसीयू शय्या छन्। यी दुई अस्पतालमा भेन्टिलेटर र आईसीयू शय्या भए पनि आवश्यक जनशक्ति र पर्याप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएका छन्।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा पाँच भेन्टिलेटर र पाँच आईसीयू शय्या छन्। यी शय्या सञ्चालन गर्न न्यूनतम ३० चिकित्सकसहित स्वास्थ्यकर्मीको आवश्यकता पर्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले बताए। उपकरण भए पनि जनशक्ति नहुँदा जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपरेको उनको भनाइ छ।
“पीसिआर रिपोर्ट पोजिटिभ देखिए पनि लक्षण नदेखिएका सङ्क्रमितलाई मात्रै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ भने गम्भीर अवस्थाका बिरामीहरूलाई बुटवल पठाउने गरिएको छ”, सदस्य सचिव शर्माले भने। लक्षणसहितका बिरामी धेरै नदेखिएकाले पनि जनशक्ति नथपिएको उनी बताउँछन्। रासस
" /> दाङ। कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन। लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसीयू वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ।दाङको बेलझुण्डीमा प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आठ भेन्टिलेटर र १५ आईसीयू शय्या छन्। यी दुई अस्पतालमा भेन्टिलेटर र आईसीयू शय्या भए पनि आवश्यक जनशक्ति र पर्याप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएका छन्।

">