सुदूरपश्चिम। यस प्रदेशमा पीसीआर मेसिनसहित प्रयोगशाला सञ्चालनमा आएसँगै यसअघिको तुलनामा दैनिक नमूना जाँचको दायरा पनि वृद्धि भएको छ।
यद्यपी सञ्चालनमा आएका नयाँ प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति अभाव हुँदा सीमित स्वास्थ्यकर्मीको भरमा नमूना जाँच भइरहेको छ।
प्रदेश सरकारको निर्णयबमोजिम सेती प्रादेशिक अस्पताल धनगढी र डोटी जिल्ला अस्पतालमा पीसीआर मेसिनको व्यवस्थासहित नयाँ प्रयोगशाला सञ्चालनमा आइसकेको छ।
बैतडी जिल्ला अस्पतालमा पीसीआर मेसिनसहितको प्रयोगशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रको सहयोगमा डडेलधुरामा समेत पीसीआर मेसिनसहितको प्रयोगशाला सञ्चालनमा आइसकेको छ ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोनाका कारण जटिलता उत्पन्न हुने अवस्थाका विरामीलाई राख्नुपर्ने व्यवस्थाका लागि भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको बताए।
“२० वटा भेन्टिलेटर खरिद प्रक्रियामा छन्”, मन्त्री सुवेदीले भने, “सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा गरी १८ वटा आईसीयूको व्यवस्था भइसकेको छ।”
" /> सुदूरपश्चिम। यस प्रदेशमा पीसीआर मेसिनसहित प्रयोगशाला सञ्चालनमा आएसँगै यसअघिको तुलनामा दैनिक नमूना जाँचको दायरा पनि वृद्धि भएको छ।यद्यपी सञ्चालनमा आएका नयाँ प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति अभाव हुँदा सीमित स्वास्थ्यकर्मीको भरमा नमूना जाँच भइरहेको छ।

">