सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा गएको पाँच महीनामा आरडीटी र पीसीआर पद्धतिबाट कूल जनसंख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ।
जाँच गरिएका नमूनामध्ये हिजोसम्म पाँच हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ। यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो। प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेको छ।
पहिलोपटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका संक्रमित फेला परेसँगै कोरोनाको नमूना संकलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो।
संक्रमित फेला परेसँगै पीसीआर र आरडीटी पद्धतिबाट शंकास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो। पीसीआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडीटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सोमबारसम्म सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ५८४ संक्रमित पुगेका छन् ।
यस्तै डोटी जिल्लामा ८५०, अछाममा ८३६ कञ्चनपुरमा ६४१, बाजुरामा ४५२, बैतडीमा ३३१, डडेलधुरामा ३१२, बझाङमा २८८ र दार्चुलामा ४४ संक्रमित पुगेका छन् । प्रदेशमा सक्रिय संक्रमित कुल ८३८ पुगेकोमा सबै भन्दा बढी डोटी जिल्लामा २६८ छन्।
यस्तै कैलालीमा २०२, अछाममा १०५, बझाङमा १७६, बाजुरा, बैतडी र दार्चुलमा आठ/आठ तथा कञ्चनपुरमा ५० जना सक्रिय संक्रमित पुगेका छन् ।
कोरोनाका कारण हालसम्म कैलालीमा चार, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एकसमेत नौ जनाको मृत्यु भएको छ।
हिजोसम्म डिस्चार्ज हुनेमा चार हजार ४०० पुगेका छन्। यो सङ्ख्या कुल संक्रमितको झण्डै ८४ प्रतिशत हो। रासस