काठमाडौं। भदौ ६ गते बिहानै बानेश्वरस्थित लर्ड बुद्ध होस्टेल बाहिर एक हुल भीड जम्मा भयो। करीब ४० जनाको संख्यामा आएका उनीहरूले होस्टेल बाहिर भीडभाड गर्दै अनौठो माग राखे, “सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई त्यहाँबाट निकाल्नुपर्‍यो ।”

स्वास्थ्यकर्मीलाई होस्टेलमा राख्दा टोलमा कोरोना संक्रमणको जोखिम बढेको त्यो भीडको आरोप थियो। बलभद्र टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतमको अगुवाइमा आएको भीडले स्वास्थ्यकर्मीलाई हतोत्साही गर्ने काम गरेको थियो। घटना बाहिर आएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छानबिनका लागि प्रहरीलाई निर्देशन दिए।

छानबिनको क्रममा दोषी ठहरिए कानून अनुसार कारबाही हुने बताएका थिए। तर, कारबाही गर्नुको साटो मिलापत्र गरियो। विभिन्न राजनीतिक दल, प्रहरी, अस्पतालका प्रतिनिधिको रोहवरमा सहमति गरियो। काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी, निजामती अस्पतालको तर्फबाट प्रशासकीय अधिकृत रन्जना नेपाल, होस्टेल सञ्चालक रोहित रानामगर र टोल सुधार समितिका अध्यक्ष गौतमलले हस्ताक्षर गरेर महामारीको अवस्थामा स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्ने, स्वास्थ्यकर्मीको आवासलाई सुरक्षित र तनावरहित बनाउन कटिबद्ध हुने प्रतिबद्धता जनाए।

वडाध्यक्ष भण्डारीले भने टोलमा जानकारीबिना नै नयाँ मानिसहरू आएपछि स्थानीयवासीले सामान्य सोधपुछ मात्र गरेको बताए। “बाहिर सार्वजनिक भए जस्तो केही रहेनछ। आफ्नो टोलमा नयाँ मानिसहरू आएपछि स्थानीयले को हो ? भनेर बुझ्न खोजेका रहेछन्। आफ्नो टोलमा त्यसरी सोधपुछ गर्न त पाइन्छ नि”, अध्यक्ष भण्डारीले भने।

गत वैशाख ३ गते शिक्षण अस्पतालका ३ जना स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको घटना निकै चर्चामा आएको थियो। ड्युटी सकेर कोठातिर फर्किरहेका बेला राति महाराजगञ्ज प्रहरी बृत्तका डीएसपी उमेश लम्सालसहितका प्रहरीले चिकित्सकमाथि कुटपिट गरेका थिए। पछि प्रहरीले उनीहरूमाथि विभागीय कारबाही गरेर आलोचना मत्थर पारेको थियो।

यसैगरी जेठ २१ गते रौतहटको राजपुर नगरपालिकामा दुई जना स्वास्थ्यकर्मी कुटिए। राजपुर नगरपालिका–९ बैरियास्थित मदरसाको क्वारेन्टनइजमा बसेकाहरूले स्वास्थ्यकर्मीलाई कुटेका थिए। कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक तथा सिनियर अहेव शेख खुर्सेद र स्वास्थ्यकर्मी र राम नरेश साह घाइते भएका थिए। उनीहरूको टाउकोमा चोट लागेको थियो। कोरोना भाइरसको पीसीआर रिपोर्ट निगेटिभ आउँदा पनि घर नपठाएको भन्दै क्वारेन्टाइनमा बसेकाहरूले स्वास्थ्यकर्मीलाई कुटेका थिए।

कोरोना महामारी नियन्त्रण अभियानका ‘फ्रन्टलाइनर’ स्वास्थ्यकर्मीमाथि भएका आक्रमण तथा दुर्व्यहारका यी केही उदाहरणमात्र हुन्। पूरा समाज र देशलाई महामारीबाट जोगाउनुपर्ने जिम्मेवारी बोकेका स्वास्थ्यकर्मीमाथि त्यही समाजका ‘अबुझ’अरुबाट आक्रमणका घटना बढ्दो छ।

कोरोना महामारीसँग ‘फ्रन्टलाइन’ रहेर लडिरहेका स्वास्थ्यकर्मी आफैंले हेरचाह गर्नुपर्ने समाजको चिन्तनसँग पनि जुध्नुपरेको छ। दिनरात नभनी बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मी नै समाजबाट अवहेलना र बहिस्कार भोग्न बाध्य छन्। “एकातिर महामारीसँग जुधिरहेका छौं। अर्कोतिर समाजसँग पनि लड्नु परेको छ। यदि हामी उपचार नगराएर अरू जसरी घरमै बस्यौं भने के हुन्छ?” फ्रन्टलाइनमा रहेर महामारीलाई परास्त गर्न लागिपरेकी ह्याम्स अस्पतालकी मेडिकल अफिसर डा. सिला पौडेलले भनिन्।

हरेक बिहान ड्युटीमा जाँदा र साँझ घर फर्किँदा स्वास्थ्यकर्मीहरूले धेरैखालका डर सामना गर्नुपरेको डा. पौडेलको अनुभव छ। भन्छिन्, “मभन्दा धेरै मेरा आमाबुबा डराउनुहुन्छ। ५० वर्षकी मेरी आमालाई मधुमेहको समस्या छ। उहाँ हरेक बिहान मेरो लागि खाना प्याक गर्नुहुन्छ र मलाई तयार हुन मद्दत गर्नुहुन्छ।”

आमाको ममताले भनिरहन्छ, “छोरी बरु काममा नजाउ।” तर चिकित्सकको मन कहाँ मान्छ र ? आमाको आँखामा सधै देखिने डरलाई नदेखेझै‌ं गरी उनी बिरामी उपचार गर्नुपर्ने चिकित्सकीय धर्ममा सम्झौता गर्दिनन्। तर, बिरामीका लागि आफ्नो ज्यानको बाजी थापेर जाने गरेकी उनलाई समाजबाटै अपमान तथा दुर्व्यवहार हुँदा भने मन निक्कै कुँडिन्छ।

‘हामीले बिरामीको सेवा गर्दा घरबाट निकालिन्छौं भने बिरामीको हेरचाह कसले गर्ने? सबै डाक्टरहरू घर बसे भने बिरामीहरूको अवस्था के होला ? उसै त जर्जर देशको स्वास्थ्य प्रणालीको हालत झन कति अकल्पनीय होला ?’ उनी यस्तै सोच्छिन्। त्यसैले त उनी सार्वजनिक रूपमा आह्वान गर्छिन, “एक–अर्कालाई मद्दत गरौं। कोभिड–१९ सँग लडौं। स्वास्थ्यकर्मीसँग होइन।”

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की महामारीका बेला सबै एकजुट भएर अघि बढ्नुको साटो स्वास्थ्यकर्मीमाथि हमला हुनुले गम्भीर अवस्थाको सिर्जना हुनसक्ने भन्दै सबैलाई सचेत गराउँछन्। “स्वास्थ्यकर्मीहरूले जसको सेवा गरिरहेका छन्, उसैबाट आक्रमण भोग्नुपरेको छ,” उनले दुःखेसो गरे।

स्वास्थ्यकर्मीमाथि भइरहेका हमलाप्रति प्रहरी, प्रशासन मुखदर्शक बनिरहँदा पेशाप्रति वितृष्णा जागेको उनको भनाई छ। सरकारले महामारीको अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताउँदै उनले थपे, “अपमान गर्ने, आक्रमण गर्नेमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ।”

प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुने बताए। “अहिलेसम्म जति पनि घटना भएका छन। त्यसका दोषीमाथि प्रचलित कानून अनुसार कारबाही हुन्छ,” एसएसपी कडायतले भने। स्वास्थ्यकर्मीमा सुरक्षा प्रत्याभूति दिलाउने काम भइरहेको भन्दै आवश्यक परेको खण्डमा थप सुरक्षा व्यवस्था अपनाउन सकिने उनले बताए।

के छ कानूनी व्यवस्था ?

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ले स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न नपाइने व्यवस्था गरेको छ। त्यस्तै स्वास्थ्य संस्थामा तोडफोड, आगजानी वा यस्तै अन्य कुनै कार्यमा गर्न रोक लगाइएको छ। कसैले कुनै स्वास्थ्यकर्मी उपर वा स्वास्थ्य संस्थामा हानी पुर्‍याउने कुनै काम कारबाही गरेमा वा गर्न लागेमा त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्न सक्नेछ।

त्यस्तो गर्नेलाई पाँच हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। त्यस्तै स्वास्थ्य संस्थामा तोडफोड, आगजानी वा अन्य कुनै कार्य गरेको खण्डमा कसूरको मात्रा अनुसार तीन लाख रूपैयाँसम्म जरिवाना वा एक महीनादेखि एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ।

" /> काठमाडौं। भदौ ६ गते बिहानै बानेश्वरस्थित लर्ड बुद्ध होस्टेल बाहिर एक हुल भीड जम्मा भयो। करीब ४० जनाको संख्यामा आएका उनीहरूले होस्टेल बाहिर भीडभाड गर्दै अनौठो माग राखे, “सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई त्यहाँबाट निकाल्नुपर्‍यो ।”

"> स्वास्थ्यकर्मीलाई कोरोनाभन्दा समाजको डर, भन्छन्- हामीसँग होइन कोरोनासँग लडौं: Dekhapadhi
स्वास्थ्यकर्मीलाई कोरोनाभन्दा समाजको डर, भन्छन्- हामीसँग होइन कोरोनासँग लडौं

प्रतिक्रिया दिनुहोस्