चितवन। कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ। नमूना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन्।
पूर्वी चितवनको खैरहनीका पत्रकार धु्रवराज खनालले पीसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग बढेको बताए। रतननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ। उनले चार नगरप्रमुखहरूको बैठकले बागमती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए। भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउँछन्।
समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नु परेको स्थानीयको गुनासो छ। जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला रहेको छ। भरतपुर अस्पतालले संञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालाको क्षमता कम छ भने नमूना सङ्कलनको चाप बढेको छ। प्रयोगशाला प्रमुख डा. नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमूना परीक्षण गर्न सक्ने बताउँछिन। नमूनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उनको भनाइ छ।
पाँचवटा सम्म नमूनालाई मिसाएर परीक्षण गरिने गरेको छ। सबै नमूनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमूना परीक्षण गर्न कठिन भएको अधिकारीको भनाइ छ। प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेका छन्।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजरराज अधिकारी अस्पतालहरूमा सङ्क्रमण फैलँदा बन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमूना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टाइनमा बसेकाहरूको नतिजा आउन ढिला भएको बताउँछन्।
जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला संञ्चालनमा ल्याएको छ। सो प्रयोगशालामा ६ घण्टामा ४०० जनाको परीक्षण गर्न मिल्छ। सरकारी तवरबाट सङ्कलन भएका नमूना पठाएमा आफूहरू परीक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिशचन्द्र न्यौपानेले बताए।
उनका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परीक्षण गर्न आउनेहरू दैनिक २०० हाराहारी छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा. रुना झा सामान्यतया ७२ घण्टा भित्र नतिजा दिने गरी काम गर्नुपर्ने बताउँछिन्। त्यहाँ बढी चाप भएमा नमूना यहाँ पठाउन आफूले भनीसकेको उनले बताइन्। सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। निजी प्रयोगशालामा भने हालसम्म नपठाइएको डा. झाले बताइन्। नारायण अधिकारी/रासस
" /> चितवन। कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ। नमूना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन्।पूर्वी चितवनको खैरहनीका पत्रकार धु्रवराज खनालले पीसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग बढेको बताए। रतननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ। उनले चार नगरप्रमुखहरूको बैठकले बागमती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए। भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउँछन्।

">