काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ११ हजार ४२९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सोही अवधिमा चार हजार ३१० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।
सबैभन्दा धेरै, भारतमा ५९ हजार ६९६ जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ४० हजार ५३६, ब्राजिलमा २१ हजार ४३४, रुसमा चार हजार ७४४, दक्षिण अफ्रिकामा एक हजार ६७७, पेरुमा ६ हजार ११२ जना संक्रमित थपिएका छन्।
यसैगरी, मेक्सिकोमा तीन हजार ९४८, कोलम्बियामा १० हजार ५४९, स्पेनमा दुई हजार ८० र चिलीमा एक हजार ९०३ जना संक्रमित थपिएका छन्।
यससँगै विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड ३८ लाख ६९२ पुगेको छ। यसमध्ये एक करोड ६३ लाख ४७ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १६ हजार ५३४जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ११ हजार ४२९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सोही अवधिमा चार हजार ३१० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।सबैभन्दा धेरै, भारतमा ५९ हजार ६९६ जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ४० हजार ५३६, ब्राजिलमा २१ हजार ४३४, रुसमा चार हजार ७४४, दक्षिण अफ्रिकामा एक हजार ६७७, पेरुमा ६ हजार ११२ जना संक्रमित थपिएका छन्।

">