कोभिड-१९ भ्याक्सिनको नेपालमा ‘क्लिनिकल ट्रायल’ हुने
<p>काठमाडौं। नेपालमा कोभिड-१९ भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘ट्रायल’को रूपमा भ्याक्सिन सुरू गर्न लागिएको जनाएको छ।</p>
<p>यो ट्रायल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइडलाइनअनुसार विश्वव्यापी मान्यताको आधारमा हुने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।</p>
<p>भ्याक्सिनको ट्रायल गर्न नहुने आवाज उठेको भन्दै गाैतमले ट्रायलमा स्वतःस्फूर्त सामेल हुन चाहनेहरूलाई मात्रै समावेश गर्ने भएकाले कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
