काेभिड-१९ बाट थप आठजनाकाे मृत्यु, कूल मृत्यु संख्या १५७ पुग्याे
<p>काठमाडौं। कोभिड-१९ बाट थप आठजनाको मृत्यु भएको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीका ६८ वर्षीय पुरूष, माेरङका ६५ वर्षीय पुरूष, पर्साका ७० वर्षीया महिला, काठमाडाैंका ४८ वर्षीया महिलाकाे मृत्यु भएकाे हाे।</p>
<p>त्यस्तै रूपन्देहीमा तीनजना पुरूष ३८, ५३, ५४ र ६७ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।</p>
<p>यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
