७४३ काेराेना संक्रमित थपिए, १७५ डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ७४३ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणमा २४६ महिला र ४९७ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६७८ पुगेको छ।

सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ छ।

यस्तै संक्रमणमुक्त हुनेको दर ५८ प्रतिशत छ।

पछिल्लो २४ घण्टा १७५ जना संक्रमणमुक्त भएका छन्।

यससँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्