कैलाली। आफ्नो सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फआइसोलेसनमा बसेका छन्। मुख्यमन्त्रीसहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फआइसोलेसनमा बसेपछि मुख्यमन्त्री कार्यालय नै बन्द गरिएको छ।
मुख्यमन्त्री भट्ट आफ्नो निवासमा सेल्फआइसोलेसनमा छन्। त्यस्तै मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीसहित मुख्यमन्त्री सचिवलालयका सबै कर्मचारी पनि होम आइसोलेसनमा छन्। प्रमुख सचिव पनि आइसोलेसनमा बसेका छन्। तत्काल मुख्यमन्त्री र सचिवालयका कुनै पनि कर्मचारी मुख्यमन्त्री कार्यालय जाने अवस्था नरहेकोले मुख्यमन्त्रीको सम्पूर्ण कामकाज ठप्प भएको स्वकीय सचिव ओलीले बताए। उनले अत्यन्त महत्वपूर्ण निर्णय र पत्राचार भने नरोकिने बताए।
मुख्यमन्त्री भट्ट डोटीमा पीसीआर मेसिन उद्घाटनका गर्न जाँदा चालकसँगै थिए। उनी डोटीबाट फर्केपछि पनि कार्यालय भित्रै बसेकोले त्यहाँ कार्यरत सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका हुन्। केही दिनमा मुख्यमन्त्री भट्टसहित सबै कर्मचारीको कोरोना परीक्षण गरिने स्वकीय सचिव ओलीले बताए।
" /> कैलाली। आफ्नो सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फआइसोलेसनमा बसेका छन्। मुख्यमन्त्रीसहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फआइसोलेसनमा बसेपछि मुख्यमन्त्री कार्यालय नै बन्द गरिएको छ।मुख्यमन्त्री भट्ट आफ्नो निवासमा सेल्फआइसोलेसनमा छन्। त्यस्तै मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीसहित मुख्यमन्त्री सचिवलालयका सबै कर्मचारी पनि होम आइसोलेसनमा छन्। प्रमुख सचिव पनि आइसोलेसनमा बसेका छन्। तत्काल मुख्यमन्त्री र सचिवालयका कुनै पनि कर्मचारी मुख्यमन्त्री कार्यालय जाने अवस्था नरहेकोले मुख्यमन्त्रीको सम्पूर्ण कामकाज ठप्प भएको स्वकीय सचिव ओलीले बताए। उनले अत्यन्त महत्वपूर्ण निर्णय र पत्राचार भने नरोकिने बताए।
मुख्यमन्त्री भट्ट डोटीमा पीसीआर मेसिन उद्घाटनका गर्न जाँदा चालकसँगै थिए। उनी डोटीबाट फर्केपछि पनि कार्यालय भित्रै बसेकोले त्यहाँ कार्यरत सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका हुन्। केही दिनमा मुख्यमन्त्री भट्टसहित सबै कर्मचारीको कोरोना परीक्षण गरिने स्वकीय सचिव ओलीले बताए।
">