एजेन्सी। बलिउड अभिनेता करण टेकर केहीदिन पहिले एक विज्ञापनको छायांकनका लागि मुम्बईबाट दिल्लीसम्मको यात्रामा निस्किए। दिल्ली पुगेपछि उनको कोरोना पोजिटिभको रिपोर्ट आयो।
दिल्लीमा गरिएको परीक्षणप्रति उनलाई शंका लागेपछि अर्को ठाउँमा समेत परीक्षण गराए। दोस्रो ठाउँमा परीक्षण गराएपछि पहिलो रिपोर्ट गलत भएको पत्ता लाग्यो। पहिलो रिपोर्ट नै पोजिटिभ आएपछि उनीसँगै उनको परिवारले समेत विभिन्न समस्या झेल्नुपर्यो।
गलत रिपोर्टपछि फैलिएको अफवाहबारे उनले स्पष्टीकरण नै दिनुर्यो। जुन होटलमा बसिरहेका थिए त्यहीँ उनलाई फोनमार्फत पोजिटिभबारे जानकारी गराइएको थियो। त्यसपछि होटलमा स्टाफ एकदमै पीडामा थिए। उनीहरूले आफूलाई एकदमै नराम्रो व्यवहार गरेको उनको भनाइ छ। सबै प्रक्रिया पूरा गर्नका लागि ६ घण्टा लाग्यो। त्यसपछि उनी तीन बजे आइसोलेसनमा बस्न हिँडे।
कुनैपनि लक्षण नदेखिएका कारण उनी आफूलाई संक्रमण भएको हुन नसक्ने बताइरहेका थिए। कुनै लापरबाहीका कारण यस्तो रिपोर्ट आएको हुनसक्ने उनको अनुमान थियो। अन्ततः उनकै अनुमान सही भयो। गलत रिपोर्टका कारण उनी आइसोलेसनमा बस्न बाध्य भए भने उनको परिवारले पनि निकै पीडा झेल्नुपरेको थियो।
" /> एजेन्सी। बलिउड अभिनेता करण टेकर केहीदिन पहिले एक विज्ञापनको छायांकनका लागि मुम्बईबाट दिल्लीसम्मको यात्रामा निस्किए। दिल्ली पुगेपछि उनको कोरोना पोजिटिभको रिपोर्ट आयो।दिल्लीमा गरिएको परीक्षणप्रति उनलाई शंका लागेपछि अर्को ठाउँमा समेत परीक्षण गराए। दोस्रो ठाउँमा परीक्षण गराएपछि पहिलो रिपोर्ट गलत भएको पत्ता लाग्यो। पहिलो रिपोर्ट नै पोजिटिभ आएपछि उनीसँगै उनको परिवारले समेत विभिन्न समस्या झेल्नुपर्यो।

">