काठमाडौं। अहिले कोरोनाभाइर संक्रमणको कारण देशका धेरैजसो क्षेत्रमा निषेधाज्ञा छ। यही समयमा रगत चरम अभाव भएको भन्दै नेपाल रेडक्रस समाजले रक्तदानका लागि आह्वान गरेको छ। कोरोनाका कारण अहिले नियमित खालको अप्रेसनहरू रोकिएका छन्। जसले गर्दा रगतको माग पहिलेको भन्दा कम छ। तैपनि रगतको अभाव भएको छ।

किन त?

“राज्य र नेपाल रेडक्रस समाज जो रगत उपलब्ध गराउने जिम्मेवार निकाय हुन् उनीहरूबाट जुन प्रकारको दायित्वबोधसहित सेवाको भावना हुनुपर्ने हो त्यो देखिएन,” नेपाल स्वयसेवी रक्तदाता सामाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले देखापढीसँग भने। रगत समयमै उपलब्ध नभए रगतकै कारण बिरामीको ज्यान समेत जान सक्छ।

रगतको अभाव पहिलो पटक देखिएको भने होइन। यसअघि पनि रगतको अभाव पटक पटक देखिएको थियो। सम्बन्धित निकाय गम्भीर नहुँदा एउटै समस्या बारम्बार दोहोरिने गरेको कर्माचार्यको टिप्पणी छ। बिरामीहरू टाढाटाढाबाट उपचारको लागि काठमाडौं आउने गर्छन्। गरीब जनता जग्गा जमिन बन्धकी राखेर उपचार गर्न आएका हुन्छन्। यसरी आउने बिरामीलाई रगत कहाँ पाइन्छ भन्ने पनि थाहा हुँदैन। यस्ता बिरामीलाई ‘रगत छैन, आफै व्यवस्था गर्नोस्’ भन्दा के गति होला ?

“ठूलो कष्ट गरेर रगत लिन सम्बन्धित निकायमा पुग्दा ‘रगत छैन’ भन्ने जवाफ पाउँदा पीडितको अवस्था कस्तो होला ? जसले रगत उपलब्ध गराउँछु भनेर बसेको छ त्यसलै ‘छैन’ भन्न पाउँछ ? उसले त शतप्रतिशत सेवा दिनुपर्ने होइन र,” कर्माचार्यले भने।

रगत अन्य वस्तु जस्तो विकाउ वस्तु होइन। यो जहाँतही पाइँदैन पनि। फेरि रगत जसको पायो त्यसको राख्न हुँदैन। अन्य सामान जस्तो ‘यो पसलमा सकिएछ अर्को पसलामा किन्छु’ भन्ने पनि हुँदैन। “रगत कुनै कलकारखानाबाट निस्कने वस्तु होइन, उत्पादन गर्न। यहाँ नपाए त्यहाँ किनौला, उता जाउँला भन्ने पनि हुँदैन। यो त सबैले बुझेकै छन्। यस्तो जान्दा जान्दै मान्छेको शरीरबाट निकाल्ने रतगको उचित व्यवस्थापन हुनुपर्दैन ? सम्बन्धित निकायले रगत छैन भनेर भन्ने हो भन्ने र कसैको ज्यान गयो भने अब यसको जिम्मेवारी कसले लिने?,” कर्माचार्यले आक्रोश पोखे। रगतको उचित व्यवस्थापन गरेर पीडितको पीडा कम गर्नेतर्फ नसोच्ने हो भने रगत अभावको समाचार सधै आइरहने उनले बताए।

अभाव कि व्यवस्थापनमा समस्या ?

नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कर्माचार्यका अनुसार रगत अभावको समस्या सधैँको लागि हटाउन धेरै काम गर्न पर्दैन। उनले प्रश्न गरे “यहाँ रगत चाहियो भन्ने बित्तिकै मध्यरातमा रक्तदाता आउन तयार छन् भने किन सम्बन्धित निकायमा रगतको अभाव हुन्छ?”

सम्बन्धित निकायले स्वयमसेवी रक्तदाता को हुन् भनेर बुझ्न नसक्दा समस्या आएको बुझाई उनको छ। “पीडित पक्षको पीडा सम्वोधन गर्न प्राविधिक पक्ष र जनशक्तिका सम्बन्धमा ध्यान दिएर काम गर्न जरुरी छ,” उनले भने। बिरामीलाई रगत दिने पनि समय हुन्छ। चिकित्सकले भने जति रगत सबै एकै पटक नदिनु पर्ने पनि हुन्छ। यो अवस्था हेरेर मूल्यांकन गनुपर्ने हुन्छ र सोही अनुसार व्यवस्थापन गर्न जान्नु पर्छ।

“मानौं एकैपटक डाक्टरले १० पाउण्ड रगत लेखिदिए रे। कतिपय अवस्थामा यो सबै एकैपटक जम्मा गर्नुपर्छ भने नहुनसक्छ। विस्तारै चढाउँदै जाँदा कति लाग्छ थाहा हुन्छ। कम पनि लाग्न सक्छ र बढी पनि। हो, यस्तो स्थितिमा कम लाग्ने अवस्थामा कसरी रगत बचाउने र बढी आवश्यक परेको अवस्थामा तुरुन्त कसरी उपलब्ध गराउने भन्ने प्रणाली विकास गर्ने हो भने बल्ल रगतको सही व्यवस्थापन गर्न सकिन्छ,” कर्माचार्यले भने।

रक्तदाता छन् भन्दैमा जति पनि रगत लिने गर्न नहुने उनी बताउँछन्। रक्तदानलाई प्रोत्साहित गर्ने, नयाँ रक्तदाता थप्ने, आवश्यकता अनुसार लिने, फोन गर्ने र क्याम्पमा पनि आवश्यक रगत मात्र लिने गरे आवश्यक परेको बेला रगतको अभाव नहुने दाबी उनको छ।

कसरी जन्मियो संस्था

कर्मचार्य स्वयंले हालसम्म १६२ पटक रक्तदान गरीसकेका छन्। अहिले भने संस्था गठन गरेर देशभर प्रत्यक्ष रूपमा रगत आवश्यक परेको समयमा रक्तदाता उपलब्ध गराई सेवा दिने काम गरीरहेका छन। “रक्तदानको महत्व बुझ्दै गएपछि विस्तारै दिने मात्र नभएर लिनेहरूको चाप बढ्न थाल्यो। अनि सेवा दिने क्रममा व्यक्तिगत भन्दा पनि संगठित रूपमा जानुपर्छ भन्ने भयो। साथीभाइहरूको बीचमा छलफल गरेर संस्था निर्माण गरेको हो,” उनले भने।

रगत नपाएर कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले उनले २०६५ माघ १५ मा संस्था गठन गरेका हुन्। उनको संस्थाले अहिले देशभर सेवा दिइरहेको छ। नेपाल स्वयसेवी रक्तदाता सामाजको अहिले २८ जिल्लामा संगठन निर्माण गरिसकेको छ। समाजले अहिले कोरोना महामारीको समयमा सबैजना होम क्वारेन्टाइनमा बसेको अवस्थामा रगत आवश्यकता पर्दा होम क्वारेन्टाइनबाटै रगत लिने योजना बनाएको छ।

" /> काठमाडौं। अहिले कोरोनाभाइर संक्रमणको कारण देशका धेरैजसो क्षेत्रमा निषेधाज्ञा छ। यही समयमा रगत चरम अभाव भएको भन्दै नेपाल रेडक्रस समाजले रक्तदानका लागि आह्वान गरेको छ। कोरोनाका कारण अहिले नियमित खालको अप्रेसनहरू रोकिएका छन्। जसले गर्दा रगतको माग पहिलेको भन्दा कम छ। तैपनि रगतको अभाव भएको छ।

"> सधैं रगत अभाव, व्यवस्थापनमा ध्यान खै ? (भिडिओसहित): Dekhapadhi
सधैं रगत अभाव, व्यवस्थापनमा ध्यान खै ? (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्